सप्तरीमा एक महिलालाई आफ्नै दाजुले बलात्कार गरेको घट्ना सार्वजनिक….
मिति: २०२५-०७-०२ , समय : २१:२५:५८ , गामघर डेस्क
मिति: २०२५-०७-०२ , समय : २१:२५:५८ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । सुन्दा अचम्म लाग्छ , तर कुरा वास्तविक हाे.. सप्तरीमा एक महिलालाई दाजु नाता पर्नेले नै बलात्कार गरेको घट्ना सार्वजनिक भएको छ ।
सप्तरीको सुरुङ्गा नगरपालिका वडा न. ११ की एक दलित महिलालाई आफ्नै दाजु नाता पर्नेले नै बलात्कार गरेका हुन् ।
सप्तरीको बलान बिहुल गाउपालिका वडा न. १ बलानपट्टीका ५० बर्षीय चन्देश्वर सदा र सोही ठाउँका ४५ बर्षीय रामदेब सदाले ३५ बर्षीया ती दलित महिलालाई बलात्कार गरेको खुलासा भएको छ ।
यी दुबै जनाले गत शुक्रबार राति ‘तिम्रो आमा बिरामी छ, त्यहीं भएर लिन आएको छु’ भन्दै महिलालाई साथमा लिई जाँदै गर्दा बिहुल खोला पुग्नेवित्तिकै एक्कासी लडाएर बलात्कार गरेको पिडित महिलाको भनाई छ ।
यता बलात्कारमा संलग्न दुबैलाई स्थानीयको सहयोगमा नियन्त्रणमा लिई प्रहरीमा बुझाइएको छ । प्रहरीले जर्वजस्ती करणी मुद्दामा सप्तरी जिल्ला अदालतबाट म्याद थप गराई अन्य अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एवम् प्रबक्ता एवं जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो । स्मरण रहाेस , सप्तरी सहित मधेस प्रदेशका विभिन्न जिल्लाका साथै मुलुककाे विभिन्न स्थानमा आ आफ्नै आफन्त तथा नातागाेताबाट बलात्कारको घटनामा बृद्धि भएको छ ।
प्रकाशित मिति: २०२५-०७-०२ , समय : २१:२५:५८ , 16 hours अगाडि