मधेस प्रदेश : अवैध गोदाममा सशस्त्रको छापा ,१८ लाखभन्दा बढीको लत्ताकपडा बरामद

मिति: २०२५-०७-०४ , समय : १०:५७:२२ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम । सशस्त्रले मधेस प्रदेशको बिरगंज महानगरपालिकाको वडा नम्बर १, छपकैयास्थित लीलावती देवीको एक तल्ले पक्की घरबाट करिब १८ लाख ५५ हजार ३ सय ५० रुपैयाँ बराबरको लत्ताकपडा तथा जुत्ता चप्पल बरामद गरेको छ । भारतबाट भन्सार छलेर नेपाल ल्याई अवैध रूपले भण्डारण गरी राखिएको सामान बरामद भएको हो ।
सशस्त्र प्रहरीको नंं १३ गण पर्सा, प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जस्थित बीओपी सिर्सिया र ड्राइपोर्ट तथा भन्सार कार्यालय वीरगन्जको संयुक्त टोलीले छापा मारेको थियो ।घरको २ वटा कोठा, सन्तोष कुमारको फुसको घर र भोला साह कानुको दुई तल्ले पक्की घरमा छापा मारिएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२५-०७-०४ , समय : १०:५७:२२ , 14 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित