अमेरिकाको टेक्ससमा भीषण बाढी : २४ जनाको मृत्यु, २५ बालबालिका सम्पर्कविहीन
मिति: २०२५-०७-०५ , समय : १६:३०:०५ , गामघर डेस्क
मिति: २०२५-०७-०५ , समय : १६:३०:०५ , गामघर डेस्क
गामघर डेस्क
काठमाडौं । अमेरिकाको टेक्सस राज्यमा आएको भीषण बाढीबाट कम्तीमा २४ जनाको मृत्यु भएको छ । केर काउन्टीमा आएको बाढीका कारण २५ भन्दा बढी बालबालिका सम्पर्कविहीन रहेका छन् । मृतकको संख्या अझ बढ्नसक्ने काउन्टीका प्रहरी अधिकारी लेरी एल. लाइथाले बताइन् ।
यसैबीच, कार्यवाहक गभर्नर ड्यान प्याट्रिकले केर काउन्टीस्थित क्याम्प मिस्टिक नामक बालिका शिविरमा २३ देखि २५ बालिका सम्पर्कविहीन रहेको बताएका छन् । अहिलेसम्म २३७ जनाको उद्धार गरिसकिएको समाचारमा उल्लेख छ । धेरै स्थानमा आकस्मिक बाढीको घोषणा गरिएको छ । एजेन्सी
प्रकाशित मिति: २०२५-०७-०५ , समय : १६:३०:०५ , 11 hours अगाडि