मधेस प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा : विशेष राहत प्याकेज घोषणा गर्न संघीय सरकारसंग माग
मिति: २०२५-०७-११ , समय : ०८:०९:१६ , गामघर डेस्क
मिति: २०२५-०७-११ , समय : ०८:०९:१६ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम । मधेश प्रदेश सरकार मन्त्रिपरिषदको आज साँझको बैठकले प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको छ । बातावरणीय असन्तुलनका कारण समयमा वर्षा नहुदा धान रोपाईमा समस्या उत्पन्न भएको र धान रोपिएका खेतमा पनि धाँजा फाट्न थालेको अवस्थालाई दृष्टीगत गर्दै सुख्खाग्रस्त क्षेत्र घोषणा गरिएको हो ।
बैठकले सुख्खाग्रस्त मधेश प्रदेशका किसानहरुका लागि आवश्यक विशेष राहत प्याकेज घोषणा गर्न संघीय सरकारसंग आग्रह गर्ने निर्णय गरेको छ । यस्तै कृषि क्षेत्रमा क्रियाशील दातृ निकायहरुलाई पनि आवश्यक सहयोग गर्न प्रदेश सरकार आह्वान गर्दछ ।
यसैगरी मन्त्रिपरिषदको बैठकले पर्साको वीरगंज सहित मधेश प्रदेशका विभिन्न जिल्लामा देखिएकाे खानेपानी संकट समाधानका लागि आवश्यक स्रोत साधन परिचालन गर्ने निर्णय गरेको छ । खानेपानी संकट समाधानमा आवश्यक सहयोग गर्न संघीय खानेपानी मन्त्रालयलाई आग्रह गर्दै ट्याङ्कर सहितका विभिन्न माध्यमवाट पानीको आपूर्ति मिलाउने निर्णय समेत मन्त्रिपरिषदले गरेको छ ।
धन्यवाद ।
प्रकाशित मिति: २०२५-०७-११ , समय : ०८:०९:१६ , 1 day अगाडि