कोशी प्रदेशको विभिन्न स्थानबाट अबैध लागूऔषधसहित ४ जना पक्राउ
मिति: २०२५-०७-१२ , समय : १६:४४:१३ , गामघर डेस्क
मिति: २०२५-०७-१२ , समय : १६:४४:१३ , गामघर डेस्क
गामघर डेस्क
विराटनगर । कोशी प्रदेशको मोरङका विभिन्न स्थानबाट प्रहरीले लागू औषधसहित ४ जनालाई पक्राउ गरेको छ। प्रहरीले ठुलो मात्रामा ब्राउन सुगर र गाँजासहित विभिन्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो।असार २७ गते, इलाका प्रहरी कार्यालय पथरीले पथरी शनिश्चरे नगरपालिका– १ का २६ वर्षीय युवराज थापा मगरलाई उनकै घरबाट ७६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।
त्यसैगरी प्रहरी चौकी रमाइलोले कानेपोखरी गाउँपालिका–२ का २५ वर्षीय सञ्जय चौधरीलाई ९० चक्की स्पासपेन र १०५ चक्की ट्रमाडोलसहित नियन्त्रणमा लिएको छ।
यता धनपालथान गाउँपालिका-१ स्थित उखुबारीभित्रबाट ३५ किलो ३०४ ग्राम गाँजा बरामद भएको छ। यो गाँजा इलाका प्रहरी कार्यालय रङ्गेली, प्रहरी चौकी गडेरिया र अमाहिबरियातीको संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
यसै क्रममा लागूऔषध नियन्त्रण ब्युरो विराटनगरले विराटनगर–१३ बाट को–१० प ७०७२ नम्बरको मोटरसाइकल चालक विराटनगर–४ का ४७ वर्षीय बैजनाथ चौधरी र पछाडि सवार धनकुटा नगरपालिका–८ का ४८ वर्षीय निर्पेश राईलाई १५ किलो ३५ ग्राम गाँजासहित पक्राउ गरेको छ।
प्रकाशित मिति: २०२५-०७-१२ , समय : १६:४४:१३ , 16 hours अगाडि