सप्तरीको राजविराज नगरपालिकामा तालाबन्दी : तालाबन्दी गरेपछि कावा नगर प्रमुखसहित कर्मचारी तथा जनप्रतिनिधि कार्यालयमै थुनिए

मिति: २०२५-०७-१४ , समय : १६:२७:४२ , देबराम यादव

तस्बिर : देबराम यादव / गामघर टिभि , राजविराज

देबराम यादव

राजविराज ।
सप्तरीको राजविराज नगरपालिकाको गाडीको ठक्करबाट घाइतेको उपचार खर्चको माग गर्दै पीडित परिवार तथा आफन्तहरूले राजविराज नगरपालिकामा सोमबार तालाबन्दी गरिएको छ । जिल्लाको बोदेवरसाइन नगरपालिका वडा न.१ का १६ वर्षीय राजेशकुमार यादवको उपचार खर्च माग गर्दै नगरपालिकाको मुल गेटमा ताला लगाएको हो ।
राजविराज नगरपालिकाको गाडीको ठक्करबाट घाइते यादवको उपचार खर्च माग गर्दै पीडित परिवार तथा आफन्तहरू नगरपालिकाको मूल गेटमा तालाबन्दी गरी धर्ना बसेका छन् ।
पीडित परिवारले तालाबन्दी गरेपछि राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविनसहितका कर्मचारी तथा जनप्रतिनिधि कार्यालयमै थुनिएका छन्। पीडितका आफन्तले नगरपालिका कार्यालयमा तालाबन्दी गर्दा उनीहरू कार्यालयभित्रै थुनिएका हुन् ।
नगरपालिकामा पटकपटक शान्तिपुर्ण आन्दोलन गर्दा कार्यबाहक नगरप्रमुखले सुनुवाई नगर्दा बाध्य भएर तालाबन्दीसहित सशक्त आन्दोलनमा उत्रिनु परेको पीडित परिवारका बुबा रघुनाथ यादवले सञ्चारकर्मीलाई बताउनुभयो । यता क्षतिपूर्ति नपाएसम्म तालाबन्दी सहितको आन्दोलनका कार्यक्रम जारी राख्ने उहाँले बताउनुभयो ।
उहाँले घटनाको महिनौँ बितिसक्दासमेत नगरपालिकाले उपचार खर्च उपलब्ध नगराउँदा छोरा अस्पतालमै बन्धक भएको पीडितका बुवा रघुनाथ यादवले सञ्चारकर्मीलाई बताउनु भयो । उपचार खर्च अस्पताललाई बुझाउन नसक्दा छोरालाई घर ल्याउन नसकेको उहाँले दुःखेसो सुनाउनुभयो ।
गत २०८१ माघ १ गते हुलाकी सडकखण्ड अन्तर्गत सप्तरीको बोदेबसराइन नगरपालिका वडा न.५ मा राजविराज नगरपालिकाको गाडीको ठक्करबाट सप्तरीको बोदेबसराइन नगरपालिका वडा न.१ का राजेशसँगै अर्का २२ वर्षीय अजितकुमार यादव घाइते भएका थिए ।
अजितको राजविराजस्थित छिन्नमस्त अस्पतालमा उपचार गरी घर फर्किए पनि राजेशको विराट नर्सिङ होम विराटनगरमा उपचार भइरहेको राजेशका बडाबुवा बैधनाथ यादवले सञ्चारकर्मीलाई बताउनु भयो । उहाँले नब्बे दिन आइसियूमा राखी उपचार गराइएको भतिजाको ९२ दिनपछि स्वास्थ्यमा सुधार आउको बताउनुभयो ।
अस्पताललाई उपचार खर्च बुझाउन नसक्दा अस्पतालमै बन्धक भएका भतिजाको न्यायका लागि बोदेबर्साइन नगरपालिका वडा न. १ संघर्ष समिति बनाएर क्षतिपूर्तिका लागि नगरपालिकामा पटक पटक आग्रह गर्दा समेत सुनुवाइ नभएको पीडित परिवारको आरोप छ ।

प्रकाशित मिति: २०२५-०७-१४ , समय : १६:२७:४२ , 8 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित