सप्तरीको बोदेबर्साइन नगरपालिकाबाट धान चोरी मुद्दाका फरार प्रतिवादी राम पक्राउ
मिति: २०२५-०७-१५ , समय : ०८:०२:२१ , गामघर डेस्क
मिति: २०२५-०७-१५ , समय : ०८:०२:२१ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
सप्तरीको बोदेबर्साइन नगरपालिकाका एक जना चोरी मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको बोदेबर्साइन नगरपालिका ८ का संतोष रामलाई सोमबार प्रहरीले धान चोरी मुद्दामा पक्राउ गरेको हो ।
सप्तरी जिल्ला अदालतबाट धान चोरी मुद्दामा दुई महिना कैद र २ हजार रुपैया जरिवाना तोकिएपछि राम फरार थिए । चोरी मुद्दामा दोषी ठहर भएका रामलाई खोजतलास गर्ने क्रममा फेला पारी सप्तरी जिल्ला अदालत दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रकाशित मिति: २०२५-०७-१५ , समय : ०८:०२:२१ , 13 hours अगाडि