श्रमिकको न्यूनतम पारिश्रमिक बढ्यो : अब न्यूनतम पारिश्रमिक १९ हजार ५५० पाउने

मिति: २०२५-०७-१८ , समय : ०९:३२:३७ , गामघर डेस्क

फायल तस्बिर

गामघर डेस्क

काठमाडौं । श्रमिकहरूका लागि नयाँ न्यूनतम पारिश्रमिक साउन १ गतेदेखि लागू भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा बिहीबार बसेको त्रिपक्षीय बैठकले चिया बगान बाहेकका सबै क्षेत्रका श्रमिकका लागि मासिक तलब १९ हजार ५५० रुपैयाँ तोक्ने निर्णय गरेको हो ।श्रमिक प्रतिनिधि, रोजगारदाता तथा सरकारी पक्षबीच भएको छलफलपछि उक्त निर्णयमा पुगिएको हो। अघिल्लो न्यूनतम तलबभन्दा २ हजार २ सय ५० रुपैयाँ बढी यो दर सहमतिका आधारमा तय गरिएको हो ।
ट्रेड युनियनले २१ हजारको माग राखेका थिए भने रोजगारदाता १९ हजार ५ सयमै अडिएका थिए । अन्तिममा ५० रुपैयाँ थपेर १९ हजार ५५० मा सहमति बनेको हो ।सरकारले अब तय भएको नयाँ न्यूनतम तलब सबै क्षेत्रमा कार्यान्वयन गर्न नीतिगत रूपमा आवश्यक पहल गर्ने बताएको छ।

प्रकाशित मिति: २०२५-०७-१८ , समय : ०९:३२:३७ , 14 hours अगाडि