मधेश प्रदेशका डिआईजी चतुर्बेदीका शक्तिशाली घुमुवाहरुले मच्चाए मधेस प्रदेशका जिल्लामा आतंक…

मिति: २०२५-०७-२० , समय : ०९:०२:१६ , गामघर डेस्क

तस्बिर : गामघर टिभि

गामघर डेस्क

जनकपुरधाम । नेपाल प्रहरी मधेश प्रदेश कार्यालयको नाममा प्रहरी बरिष्ठ हवलदार महिन्द्र महतोको नेतृत्वको टोलीले आतंक नै मच्चाएको समाचार प्राप्त भएको छ । नेपाल प्रहरी मधेश प्रदेश कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) उमा प्रसाद चर्तुर्बेदीको सबै थोक हेर्ने म नै हुँ भनि प्रहरी बरिष्ठ हवलदार महिन्द्र महतो नेतृत्वमा हवलदार मोतीलाल पटेल र उमेश महरा चमारले व्यपारी, प्रहरी कार्यालय र सर्वसाधारणलाई आतंकित बनाई रहेको समाचार स्रोतले जनाएको छ ।

प्रहरी बरिष्ठ हवलदार महिन्द्र महतोको दरबन्दी सिआईबी र उनका सहयोगीहरु पटेल र चमारको दरबन्दी मधेश प्रदेश प्रहरी कार्यालयमा रहे पनि यी शक्तिशाली घुमुवाहरु मधेश प्रदेशको प्रायः सबै जिल्लाहरुमा घुम्दै असुली धन्दामा जोडतोडका साथ लागि परेको प्रहरी स्रोतको दाबी रहेको छ ।

महतोको दरबन्दी सिआईबीमा भए पनि उनी मधेश प्रदेश प्रहरी कार्यालयको घुमुवाको रुपमा आफै असुली गरिरहेका छन् भने उनका सहयोगीहरु पटेल र चमारले पनि डियुटी नगरी मधेशका प्रायः सबै जिल्लाहरुमा पुगी कहिले व्यपारी त कहिले प्रहरी युनिटहरुमा डिआईजी चतुर्बेदीको नामले धम्काई रकम असुली गरिरहेको जनाईएको छ ।

“म डिआईजीको घुमुवा हुँ, कुनै पनि तस्करीको लाईन चलाउनु छ भने मेरो अनुमति बिना चलाउन पाईदैन, पहिला मासिक कति दिनु हुन्छ फिक्स गर्नुस अनि मात्र काम गर्न पाईन्छ” भनि व्यपारीहरु सँग घुर्की लगाउदै मासिक करोडौं असुली गरी तस्करीको लाईन दिने गरेको एक व्यपारीले नाम न छाप्ने शर्तमा यस अनलाईनलाई बताए ।

त्यसैगरी प्रहरी युनिटहरुमा पुगी डिआईजीसाबको भाग मासिक रुपमा छुटयाउनु पर्ने भन्दै आएको ती स्रोतको दाबी रहेको छ ।
हुनत डिआईजी चतुर्बेदी मधेश प्रदेशको प्रमुखको रुपमा जिम्मेवारी सम्हाले देखि केही मात्रामा तस्करी लगायतका अबैध कारोबारहरुमा कमी आए पनि बरिष्ठ हवलदार महतो र उनका सहयोगीहरुले डिआईजी चतुर्वेदीको नाममा तस्करी र अबैध कारोबारको लाईन सुचारु गराउन सफल हुदै आएको बताईन्छ ।

डिआईजी चतुर्बेदी तत्कालिन समयमा सिरहाका एसपी रहेका बेला मधेश प्रदेशको घुमुवाको रुपमा महतो कार्यरत्त रहेका थिए, सोही समय देखि चतुर्वेदी सँग राम्रो सम्बन्ध रहेको कारण महतो हाल मधेश प्रदेशको घुमुवाको रुपमा खटी असुली धन्दा चलाई रहेको प्रहरी स्रोतको कथन रहेको छ ।

बरिष्ठ हवलदार महतो र उनका सहयोगीहरु पटेल र चमार बिगत करिब १० वर्ष देखि मधेश प्रदेशमै अड्डा जमाई बसेका छन् । केही समय पहिलाका डिआईजी बसन्त कुँवर मधेश प्रदेशमा आउँदा यी शक्तिशाली घुमुवाहरुको खराब आचरण र बानी व्यवहोराका कारण उनीहरुको सरुवा अन्यत्र गरेका थिए । तर डिआईजी चतुर्वेदी मधेश प्रदेशमा आएपछि तीनै जना बदनाम छवीका घुमुवाहरु पुनः मधेश प्रदेशमा रजगज सुरु गरेको बताईन्छ ।

महतो, पटेल र चमार तीनै जना बदनाम घुमुवाहरुले हाल सिरहा, सप्तरी, महोतरी र धनुषामा आर्थिक आंतक मच्चाएका छन् भने मधेश प्रदेशको बाकी जिल्लाहरुमा मासिक रुपमा पुगी प्रहरी प्रमुखहरु सँग महतोले असुली गरी लैजाने गरेको समाचार स्रोतले जनाएको छ । यसतर्फ नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरिक्षकको ध्यान पुग्न आवश्यक रहेको सचेत नागरिकहरुको भनाई रहेको छ ।साभार साझा नेटवर्क

प्रकाशित मिति: २०२५-०७-२० , समय : ०९:०२:१६ , 10 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित