मधेस प्रदेश : अबैध लागुऔषधसहित ९ जना पक्राउ

मिति: २०२५-०८-०४ , समय : १२:४१:५४ , गामघर डेस्क

फायल तस्बिर

गामघर डेस्क

सिरहा । मधेस प्रदेशको सिरहाबाट लागुऔषधसहित ९ जना पक्राउ परेका छन् । सिरहाको औरही गाउँपालिका वडा नम्बर ४ नयाँ कमलपुरमा १ सय ३ किलोग्राम लागुऔषध (गाँजा) सहित आइतबार ९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
पक्राउ पर्नेमा सिरहा गोलबजार नगरपालिका वडा नम्बर १ मुक्सार बस्ने ४२ वर्षिय जय राम जोशी,सोही स्थान बस्ने ३० वर्षिय शिब कुमार सदा,सोही स्थानका २२ वर्षिय कृष्ण सदा,सोही स्थानका १८ वर्षिय सुरज सदा रहेका छन् ।
त्यस्तै सिरहाको गोलबजार नगरपालिकाका १९ वर्षिय पशुपति सदा,सिरहा गोलबजार नगरपालिका वडा नम्बर ३ का ३२ वर्षिय जिबच्छ साह,सिरहा औरही गाउँपालिका वडा नम्बर ३ का ४२ वर्षिय राजिन्द्र यादव,भारतको मधुबनि कुमरखद ग्राम पञ्चायत वडा नम्बर १४ का ३९ वर्षिय बैजनाथ चौधरीर सोही ठाउँका ३० वर्षिय रमेश कुमार कामतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी निरीक्षक धर्मेश कुमार यादवले बताए । उनीहरूलाई सिरहा जिल्ला अदालतबाट ७ दिनको म्याद लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२५-०८-०४ , समय : १२:४१:५४ , 11 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित