मधेश प्रदेशका किसान धान रोपाइँमा व्यस्त : छिटो पाक्ने जातहरु लगाउन विज्ञको सल्लाह
मिति: २०२५-०८-०४ , समय : १२:५३:५८ , गामघर डेस्क
मिति: २०२५-०८-०४ , समय : १२:५३:५८ , गामघर डेस्क
गामघर डेस्क
काठमाण्डौ । सप्तरी सहित मधेश प्रदेशमा पानी परेपछि किसान धान रोपाइँमा व्यस्त भएका छन् । लामो समयसम्म पानी नपरेको सुक्खाग्रस्त क्षेत्र मधेशप्रदेशमा अहिले धमाधम रोपाइँको काम भइरहेको छ । पानी नपरेर खेत बाँझै रहँदा मधेशका किसान चिन्तामा परेका थिए । तर शनिवारदेखि परिरहेको पानीले ढिलै भए पनि राहत दिएको छ ।
विगतमा मध्यसाउनसम्म रोपाइँको काम अन्तिम भइसकेको हुन्थ्यो । तर यसपालि साउन मध्यपछि मात्रै अन्नको भण्डार मधेशमा रोपाइँ सहज भएको छ । यो हप्ता मधेश प्रदेशमा धमाधम रोपाइँको काम हुने भएकाले किसानलाई मुख्यगरी धानको उपयुक्त बेर्ना र जनशक्ति जुटाउनुपर्ने चुनौती छ ।
यसअघि तयार भएको ब्याडबाट रोपाइँ हुन नसके छिटो पाक्ने जातहरु छनोट गर्नुपर्ने धानबालीका विज्ञ डा.उज्जवलकुमार सिँह कुशवाहा बताउनुहुन्छ । छिटो पाक्ने जातहरु हर्दिनाथ–१, हर्दिनाथ–३, हर्दिनाथ–५, चैते–२, चैते–५, सुक्खाधान–३, सुक्खा धान–५ र सुक्खा धान–६ हुन् । त्यस्तै बासमतीका जातहरु शुद्धोधन कालानमक र लल्का बासमती लगाउन सकिने विज्ञको सल्लाह छ ।
मधेशमा अहिलेसम्म झन्डै ५८ प्रतिशत मात्रै रोपाइँ भएको छ । कृषि मन्त्रालयका अनुसार हिजोसम्म देशभर ८४ प्रतिशत रोपाइँ भएको छ । यो वर्ष १३ लाख ७८ हजार हेक्टरमा रोपाइँ हुने कृषि मन्त्रालयको अनुमान छ । अहिलेसम्म कुल रोपाइँ हुने क्षेत्रफलमध्ये ११ लाख ५६ हजार हेक्टरमा रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ । उज्यालो
प्रकाशित मिति: २०२५-०८-०४ , समय : १२:५३:५८ , 10 hours अगाडि