सप्तरीमा कन्तलाल चौधरी हत्याको आरोपमा ९ जना अभियुक्त पक्राउपछि सार्वजनिक
मिति: २०२५-०८-०४ , समय : १९:२०:१७ , गामघर डेस्क
मिति: २०२५-०८-०४ , समय : १९:२०:१७ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
सप्तरीको सुरुङा नगरपालिकामा डाका समुहद्वारा गत जेठ २२ गते राति हत्या गरिएका कन्तलाल चौधरीको हत्यारामा संलग्न ९ जनालाइ सप्तरी प्रहरीले सोमवार पक्राउ गरेका छन् ।
घट्ना भएको दुई महिनापछि सप्तरी प्रहरीले घटनामा संलग्न ९ जनालाई पक्राउ गरेकोलाई सोमवार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।
यसरी पक्राउ पर्नेमा सुरुङा नगरपालिका वडा न.८ का २७ वर्षिय राजेश कुमार मरिक, २८ वर्षिय संजय मरिक, बोदे बर्साइन नगरपालिका २ का २० वर्षिय दिपेन मरिक, खडक न.पा..११ का ३४ वर्षिय हरिकिसुन मरिक, शम्भुनाथ न.पा. .८ का २४ वर्षिय दिपक मरिक, उदयपुरको बेलका न.पा.वडा नं.१ का २८ वर्षिय चन्दर मरिक, सप्तरीको संरुंगा न.पा.वडा न.७ का ३३ वर्षिय राजु कुमार बि.क., सिराहाको लाहान न.पा. वडा न.६ का ५२ वर्षिय महेन्द्र गोड्से र लहान ८ का ३८ वर्षिय उमेश साह सोनार छन् ।
पक्राउ परेकाहरूविरुद्ध डाँका तथा कर्तव्य ज्यान मुद्दामा ७ दिनको म्याद थप गरि आवश्यक अनुसन्धान गरिरहेको सप्तरी प्रहरीका प्रमुख प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिनु भयो ।
पक्राउ परेकाहरुबाट मृतकको घरबाट लुटिएको गरगहनासहित कटुवा पेस्तोल १ थान, त्यसमा प्रयोग हुने २ राउन्ड गोली र १ थान खुकुरी बरामद भएको प्रहरीले जनाएको छ ।
पत्रकार सम्मेलनमा उपस्थित भएका मधेश प्रहरीका प्रहरी प्रमुख डीआईजी उमा प्रसाद चतुर्वेदीले सफल अनुसन्धान गरि हत्यारा पक्राउ गर्ने सवैलाई सो अवसरमा धन्यवाद दिनुभयो ।
प्रकाशित मिति: २०२५-०८-०४ , समय : १९:२०:१७ , 7 hours अगाडि