सिरहामा एक ८५ बर्षिय वृद्धको हत्या : हत्या आरोपमा दुईजना पक्राउ

मिति: २०२५-०८-१४ , समय : २३:०३:१६ , गामघर डेस्क

फायल तस्बिर

गामघर डेस्क

सिरहा ।
मधेस प्रदेशको सिरहाको धनगढीमाई नगरपालिका वडा न.११ आमचौकका ८५ वर्षीय फनिलाल यादवको हत्या उनकै घरमा चोरी गर्न गएका चोरे गरेको खुलेको छ । हत्या आरोपमा चोरी गर्न गएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका–२ भवानीपुर टोलका ३३ वर्षीय महेश चौधरी र १९ वर्षीय प्रशान्त कुमार मण्डललाई पक्राउ गरेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानले जानकारी दिए ।

साउन १४ गते बिहान करिब ६:२० बजे सुतेकै ओछ्यानमा यादवको टाउको, धारिलो हतियार प्रहार भएको अवस्थामा फेला परेका थिए ।

उनको प्रादेशिक अस्पताल लहानमा उपचारका बिहान ८:२० बजे मृत्यु भएको थियो ।

नजिकै रहेको घरको सिसीटिभी फुटेजको आधारमा हत्या आरोपीको पहिचान भएको प्रहरीले जनाएको छ

महेशलाई साउन २७ गते आफ्नै घरबाट पक्राउ गरिएको डिएसपी पासवानले जानकारी दिए ।

प्रहरीका अनुसार, साउन १४ गते राति महेश र प्रशान्तले चोरी गर्ने योजना बनाएर मृतकको घरमा प्रवेश गरेका थिए । ढोका खुलादेखेर भित्र पसेपछि यादवले हो-हल्ला गर्न थालेका थिए। त्यसपछि महेशले साथमा ल्याएको खुकुरीले यादवको टाउकोमा प्रहार गरी दुवै जना फरार भएको अनुसन्धानबाट खुलेको डिएसपी पासवानले बताए ।

घटनामा प्रयोग गरिएको खुकुरी महेशको काकाको भएको र घटना पछि काकाको घरमै लुकाइएको भेटिएपछि बराम गरेको प्रहरीले बरामद गरेको छ।

प्रशान्तलाई यसअघि नै साउन २३ गते अभद्र व्यवहार मुद्दामा पक्राउ गरी इलाका प्रहरी कार्यालय लहानको हिरासतमा राखिएको थियो।

यता सिरहा जिल्ला अदालतबाट साउन २८ गतेदेखि सात दिनको म्याद थप अनुमति लिएर दुवै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रकाशित मिति: २०२५-०८-१४ , समय : २३:०३:१६ , 4 months अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित