सप्तरीबाट श्रोत नखुलेको २० लाख १८ हजार नगदसहित २ जना पक्राउ
मिति: २०२५-०८-१५ , समय : ०७:०४:०५ , गामघर डेस्क
मिति: २०२५-०८-१५ , समय : ०७:०४:०५ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
सप्तरीको सप्तकोसी नगरपालिका ४ स्थित तुलसी चौकबाट २० लाख १८ हजार श्रोत नखुलेको नगदसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । धनकुटा सहिदभूमि गाउँपालिका ३ का २१ बर्षिय जीवन लमजेल र सोही ठाउँका २८ बर्षिय आयन राई सो रकमसहित पक्राउ परेको हो ।
सप्तरीको कंचनपुरदेखि फत्तेपुरतर्फ जाँदै गरेको को ३३ प १८९४ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई शंका लागि चेकजाँच गर्दा श्रोत नखुलेको नगद फेला परेको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले बताउनुभयो ।
यता पक्राउ परेका दुबैजनालाई ईलाका प्रहरी कार्यालय कंचनपुरको हिरासतमा राखी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख प्रहरी नायव उपरीक्षक काफ्लेले जानकारी दिएको छ ।
प्रकाशित मिति: २०२५-०८-१५ , समय : ०७:०४:०५ , 1 day अगाडि