सप्तरीको कञ्चनरुप नगरपालिकामा चन्द्र नहरमा एक जनाको शव फेला
मिति: २०२५-०८-१६ , समय : २१:३६:४५ , गामघर डेस्क
मिति: २०२५-०८-१६ , समय : २१:३६:४५ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
सप्तरीको कञ्चनरुप नगरपालिका वडा न.८ चाँदनी चोक स्थित चन्द्र नहरमा एक जनाको शव फेला परेका छन् । जिल्लाको कञ्चनरुप नगरपालिका–७ बलुवा चोकका ५० वर्षीय गोबिन्द चौधरी रहेको हो । इलाका प्रहरी कार्यालय कञ्चनपुर सप्तरीका अनुसार मृतक शनिवार दिउँसो करिब २ बजेतिर स्थानीयले नहरमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर हुनासाथ इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधव काफलेले आवश्यक प्रक्रिया पूरा गर्दै शवलाई नहरबाट बाहिर निकालेर घटनास्थलको मुचुल्का तयार गरी मृतकको शवलाई गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा पोस्टमार्टमका लागि पठाइएको जानकारी सञ्चारकर्मीलाई दिएको छ । उहाँका अनुसार चौधरीको मृत्यु कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको बताउनु भयो ।
प्रकाशित मिति: २०२५-०८-१६ , समय : २१:३६:४५ , 11 hours अगाडि