जसपा अध्यक्ष उपेन्द्र यादवलाई गौर हत्या काण्डमा फसाउन खोजिएको भन्दै राजविराजमा विरोध प्रदर्शन
मिति: २०२५-०८-१८ , समय : २२:२४:२३ , गामघर डेस्क
मिति: २०२५-०८-१८ , समय : २२:२४:२३ , गामघर डेस्क
तस्बिर : देबराम यादव / गामघर टिभि
गामघर डेस्क
राजविराज ।
जनता समाजवादी पार्टी (जसपा) नेपाल सप्तरीले अध्यक्ष उपेन्द्र यादवलाई गौर हत्या काण्डमा फसाउन खोजिएको भन्दै विरोध प्रदर्शन गरेको छ ।
सोमबार जसपा सप्तरीले राजविराजस्थित गजेन्द्र चौकमा टायर बालेर सरकारको विरोधमा प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा नाराबाजी गर्दै कार्यकर्ताहरूले अदालतको आदेशलाई गलत नियतले प्रयोग गरी यादवलाई राजनीतिक रुपमा कमजोर बनाउन खोजिएको आरोप लगाए । 
नेता–कार्यकर्ताले गौर हत्या काण्डको नाममा अध्यक्ष यादवविरुद्ध अनुसन्धान अघि बढाउने निर्णय निष्पक्ष नभएको दाबी गर्दै, यसलाई तत्काल खारेज गर्न माग गरेका छन् ।
सोमबार सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले गौर हत्या काण्डमा छानबिन अघि बढाउन आदेश दिएको थियो ।
अदालतले परमादेश जारी गरे लगत्तै जसपा नेपालका नेताकार्यकर्ता देशव्यापी आन्दोलनमा उत्रिएका छन् ।
प्रकाशित मिति: २०२५-०८-१८ , समय : २२:२४:२३ , 3 months अगाडि