सप्तरीमा सिटी रिक्साको ठक्करबाट एक बालकको मृत्यु
मिति: २०२५-०८-२४ , समय : ०८:३६:०३ , गामघर डेस्क
मिति: २०२५-०८-२४ , समय : ०८:३६:०३ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
सप्तरीमा ई सिटी रिक्साको ठक्करले एक बालकको मृत्यु भएको छ ।
जिल्लाको बोदेबर्साइन नगरपालिका वडा न.७ स्थित बोदेबर्साईन देउरी भित्रि सडक खण्डमा देउरीबाट बोदेबर्साईनतर्फ आउँदै गरेको अन टेस्ट ई–रिक्साले ठक्कर दिदा बालकको मृत्यु भएको हो ।
यसरी मृत्यु हुनेमा भारतको बिहार राज्य अन्तर्गत मधुवनी जिल्ला ग्राम पंचायत निन्दरपुर निवासी राजकुमार सदाको छोरा अन्दाजी ५ वर्षिय आरजे सदा छन ।
बाटो क्रस गर्ने क्रममा ठक्कर दिदा घाइते भएका बालकलाई उपचारको लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा ल्याएकोमा चिकित्सकले इसीजी गर्दा मृत घोषणा गरेको सप्तरी प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिनु भयो ।उहाँका अनुसार मृतकको शवलाई पोस्टमार्टमका लागि सोही अस्पतालमा राखिएको बताउनु भयो ।ठक्कर दिने ई–रिक्सा र चालक बोदेबर्साईन नगरपालिका १० श्रीपुर का १७ वर्षिय राकेश कुमार मण्डललाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२५-०८-२४ , समय : ०८:३६:०३ , 20 hours अगाडि