इजरायलमा हमासद्वारा बन्धक बनाइएका विपिन जोशीको रिहाईको उच्चस्तरीय पहलको माग

मिति: २०२५-०८-२६ , समय : ०९:०१:२६ , गामघर डेस्क

तस्बिर : देबराम यादव / गामघर टिभि

गामघर डेस्क

राजविराज ।
विश्व हिन्दु परिषद नेपालले इजरायलमा हमासद्वारा बन्धक बनाइएका पिपिन जोशीको उच्चस्तरीय रिहाइको पहलगर्न जोडदार माग गरेको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी राम बहादुर शाहीमार्फत सोमबार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारलाई ज्ञापनपत्र बुझाउँदै विभिन्न ४ बुँदे माग राखेको हो ।
विपिन जोशीको तत्काल रिहाईका लागि नेपाल सरकारद्वारा अन्तर्राष्ट्रिय स्तरमा उच्च प्राथमिकताको साथ जोडदार कुटनैतिक पहल गर्नुपर्ने, संयुक्त राष्ट्र संघ इजाराली सरकार र अन्य सम्बन्धित संघसंस्थाहरुसंग तत्काल समन्वय गरि जोशीलाई सुरक्षित रुपमा मातृभुमी नेपाल फिर्ता ल्याउने ठोस बाताबरण निर्माण गर्नुपर्ने परिषदले माग राखेको छ ।
यसैगरी विदेशमा अध्यनरत, रोजगारी तथा अन्य प्रयोजनमा रहेका नेपाली नागरिकको तत्काल सुरक्षा सुनिस्चित गर्न एक ठोस राष्ट्रिय नीति तथा कार्ययोजना अविलम्ब ल्याउनुपर्ने र आतंककारी समुहबाट नेपाली नागरिकको रिहाई सुनिश्चित गर्न नेपाल सरकारबाट आवश्यकता अनुसार विशेष दुत नियुक्त गरि प्रत्येक्ष बार्ता तथा अन्तर्राष्ट्रिय दवाव सिर्जना गर्नुपर्ने माग परिषदले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।
उक्त अवसरमा जिल्ला सचिब विष्णुदेव चौधरीको नेतृत्वमा परिषदका केन्द्र, प्रदेश, जिल्ला पदाधिकारीहरुको सहभागिता रहेका थिए ।
इश्लामीक आताकवादी संगठन हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको घातक आक्रमण पछी इजरायलमा अध्यनरत कंचनपुरका विपिन जोशी सम्पर्क विहीन अवस्थामा छ ।

प्रकाशित मिति: २०२५-०८-२६ , समय : ०९:०१:२६ , 9 hours अगाडि