प्रधानमन्त्री कार्कीले गरिन् संसद बिघटन : फागुन २१ गते चुनावकाे घोषणा

मिति: २०२५-०९-१३ , समय : ०७:०६:४२ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा बिघटनका लागि सिफारिस गरेकी छिन्। प्रधानमन्त्रीको रुपमा सपथ लिएर प्रधानमन्त्री निवास बालुवाटर पुगेलगत्तै उनले संसद बिघटनको सिफारिस गरेकी हुन्। प्रधानमन्त्रीबाट सिफारिस आएको र राष्ट्रपतिबाट सदर हुने प्रक्रियामा रहेको बताइएको छ । ६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचन गराउने गरी कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको हो । यता राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसका आधारमा प्रतिनिधिसभा विघटनको निर्णय गरेका छन् । आजै मात्रै प्रधानमन्त्री नियुक्त भएकी कार्कीले आफ्नो पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेकी थिइन् ।कार्कीले गरेको विघटनको सिफारिस राष्ट्रपति रामचन्द्र पौडेलले सदर गरेका छन् ।त्यस्तै, फागुन २१ गतेका लागि चुनावको मिति समेत तोकिएको छ । प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपतिले चुनावको मिति घोषणा गरेका हुन् । सुरुमा प्रधानमन्त्रीको शपथ गर्ने र त्यसपछि प्रतिनिधिसभा विघटन गर्ने सहमति भएपछि कार्की सहमत भएकी थिइन् ।

प्रकाशित मिति: २०२५-०९-१३ , समय : ०७:०६:४२ , 6 days अगाडि