बाबाधामबाट फर्किएका सप्तरीका दुई जनामा हैजा संक्रमित फेला

मिति: २०२५-०९-१३ , समय : ०९:४२:५१ , देबराम यादव

फायल तस्बिर

देबराम यादव

राजविराज ।
सप्तरीको सदरमुकाम राजविराजमा दुई जनामा हैजा संक्रमण पुष्टि भएको छ। सप्तरीको राजविराज नगरपालिका वडा न.१६ बाेरियाका दुई जनामा हैजाको जीवाणु देखिएको हो।
राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारका लागि आएका दुवै व्यक्तिमा हैजा पोजेटिभ देखिएको अस्पतालका मेडिकल सुप्रिडेण्ट प्रकाश प्रसाद साहले जानकारी दिएका छन्। उहाँका अनुसार एक जना संक्रमित चार दिनअघि निको भइसकेका छन् भने अर्कोको उपचार अस्पतालमा भइरहेको बतमइएको छ।
अस्पतालका मेसु साहका अनुसार संक्रमित दुवै जना हालै भारतको बाबाधामबाट फर्किएका थिए ।
प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले हालसम्म जिल्लामा दुईवटा मात्रै संक्रमित भेटिएको बताउनु भयो । उहाँका अनुसार शुक्रबारदेखि संक्रमित भेटिएको वडामा स्वास्थ्यकर्मीहरूलाई जाँचका लागि खटाइएको बताउनुभयो ।

प्रकाशित मिति: २०२५-०९-१३ , समय : ०९:४२:५१ , 3 months अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित