मधेस प्रदेश : झन्डै ४७५ किलो गाँजासहित दुई जना युवक पक्राउ
मिति: २०२५-०९-१८ , समय : ०७:४१:२९ , गामघर डेस्क
मिति: २०२५-०९-१८ , समय : ०७:४१:२९ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम ।
मधेस प्रदेशको धनुषा प्रहरीले ठूलो परिमाणको गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
धनुषाको बिदेह नगरपालिका–३ जोगियारास्थित स्थानीय हनिफ मन्सुरीको भगवती फिक्स ईट्टा भट्टामा २५ पोकामा लुकाइराखिएको ४७५ किलो गाँजा प्रहरीले बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार उक्त गाँजा प्र.३–०१–०२४ च ८३२५ नम्बरको पिकअपमा धरानबाट ल्याई राखिएको थियो। सो पिकअप गणेशमान चारनाथ नगरपालिका–४ बिरेन्द्रबजारबाट नियन्त्रणमा लिएर चालक र सहचालकलाई सोधपुछ गर्दा घटनाको तथ्य खुल्न आएको हो ।
पक्राउ पर्नेमा चालक धादिङको बेनिघाट रोलाङ गाउँपालिका घर भएका २४ वर्षीय बिराज गुम्बा र सहचालक बाँकेको कोहलपुर पार्वतीपुर बस्ने १८ वर्षीय रोहित चमार रहेका छन् ।
यता इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक जटाशंकर यादवका अनुसार उनीहरूमाथि थप अनुसन्धान भई कानूनी कारबाही अघि बढाइएको छ ।
प्रकाशित मिति: २०२५-०९-१८ , समय : ०७:४१:२९ , 1 day अगाडि