सप्तरीको अग्नीसाईर कृष्णासवरनको १५ औं सभा : झण्डै ६१ करोड ९४ लाखकाे बजेट, नीति, योजना तथा कार्यक्रम प्रस्तुत
मिति: २०२५-०९-२१ , समय : २०:४३:४४ , गामघर डेस्क
मिति: २०२५-०९-२१ , समय : २०:४३:४४ , गामघर डेस्क
तस्बिर : देबराम यादव / गामघर टिभि
गामघर डेस्क
राजविराज ।
सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिकाको १५ औं गाउँसभा एक समारोह विच सम्पन्न भएको छ । गाउँपालिकाद्वारा पालिकाको सभाहलमा आइतबार आयोजित एक कार्यक्रम गरी गाउँसभा सम्पन्न भएको हो ।
गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा उपाध्यक्ष कल्पना कुमारी चौधरीले आर्थिक बर्ष २०८२/०८३ को ६१ करोड ९४ लाख १० हजार ७ सय ८७ रुपैयाँ बजेट, नीति, योजना तथा कार्यक्रम प्रस्तुत गरिन ।
उपाध्यक्ष चौधरीले प्रस्तुत गरेको बजेट नीति तथा कार्यक्रममा जनताको चाहना अनुसार छिटोछरितो सेवा प्रवाह अवलम्बन गर्ने नीति लिएको तथा प्रत्येक वडालाई १ करोड ५० लाख वडा सिलिङ विनियोजन गरिएको छ । 
कार्यक्रममा अग्नीसाईर कृष्णावरन गाउँपालिका वडाध्यक्ष अशोक कुमार आचार्य, गोपालप्रसाद चौधरी, सबजुल खलिफा, पशुपति प्रसाद चौधरी, स्वास्थ्य शाखा प्रमुख कमल प्रसाद चौधरी,ठाकुरजी मावि जण्डोलका प्रधानाध्यापक कामेश्वर मण्डल, लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
‘शिक्षा, स्वास्थ्य, कृषि पर्यटन र पूर्वाधार,गाउँपालिकाको समृद्धिको आधार” भन्ने मुल नाराकोसाथ आयोजित कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय संचारकर्मीहरुको सहभागीता रहेको थियो । स्थानीय तह संचालन ऐन २०७४ अनुसार असार १० गते भित्र गाउँसभा गर्नुपर्नेमा आन्तरिक विवादका कारण ५ महिनापछि अग्नीसाइर कृष्णासवरन गाउँपालिकाले गाउँसभा गरेका हुन् ।
प्रकाशित मिति: २०२५-०९-२१ , समय : २०:४३:४४ , 2 months अगाडि