सप्तरी निवासी बने कृषिमन्त्री : कृषिमन्त्री परियार आजका पुस्ताका लागि प्रेरणादायी व्यक्ति

मिति: २०२५-०९-२२ , समय : २२:५५:१२ , गामघर डेस्क

तस्बिर : गामघर टिभि

गामघर डेस्क

राजविराज ।
सप्तरीकाे सदरमुकाम राजविराज नगरपालिका वडा न.३ हाल वडा न. ४ निवासी सुदिमान परियारका सुपुत्र कृषिमन्त्री डा.मदन परियार ।
बाल्यकालदेखि नै लगनशील, इमानदार र समाजमा केही गर्ने दृढ इच्छाशक्ति बोकेर हुर्किएका प्रतिभाशाली व्यक्तित्व हुन्।विद्यालय तहको शिक्षा उनले सप्तरीकै पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गर्दै हासिल गरेका थिए। उच्च शिक्षा आर्जनका लागि तत्कालीन सरकारको पहलमा उनी भारतको इलाहाबादतर्फ प्रेषित भए। निरन्तर मेहनत र लगनशीलताले उनले शैक्षिक यात्रा अघि बढाउँदै कृषि इन्जिनियरको अध्ययन पूरा गरे।
हाल परियार समता फाउन्डेसनका अध्यक्ष छन्। उनी वातावरण, स्रोत योजना तथा व्यवस्थापन क्षेत्रमा ख्यातिप्राप्त विज्ञका रूपमा परिचित छन्। बैंककस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी बाट स्रोत योजना तथा व्यवस्थापनमा विद्यावारिधि (पीएचडी) पूरा गरेर उनले शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट उदाहरण प्रस्तुत गरेका छन्।
#व्यवसायिक जीवनमा परियारको योगदान उल्लेखनीय छ। उनले कर्पोरेट व्यवस्थापन, विकास परियोजना तथा सूचना प्रविधि व्यवस्थापन क्षेत्रमा लामो अनुभव बटुलेका छन्। यसअघि उनले वीरगञ्ज कृषि औजार कारखानाका महाप्रबन्धक तथा उदयपुर सिमेन्ट कारखानाका प्रबन्ध निर्देशक का रूपमा महत्वपूर्ण नेतृत्व सम्हालेका थिए।
समाज र राष्ट्रप्रति समर्पित, साधन स्रोत व्यवस्थापन र कृषि क्षेत्रप्रति गहिरो ज्ञान भएका कृषिमन्त्री परियार आजका पुस्ताका लागि प्रेरणादायी व्यक्तित्व हुन्। सप्तरी युथ नेपाल द्वारा कार्यालय सफलताको शुभकामना व्यक्त गर्दछौं। सप्तरी युथ नेपालकाे फेसबुकवालबाट

प्रकाशित मिति: २०२५-०९-२२ , समय : २२:५५:१२ , 2 days अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित