सप्तरीको पकरीस्थित काली मन्दिरमा पुजा : दश दिनसम्म पुजापाठ ,संध्या भजन तथा किर्तन

मिति: २०२५-०९-२३ , समय : ०७:४१:३५ , गामघर डेस्क

तस्बिर : देबराम यादव / गामघर टिभि

गामघर डेस्क

राजविराज ।
सप्तरीको महादेवा गाउँपालिका वडा न.१ पकरीस्थित माँ भगवती काली मन्दिरमा हिन्दु धर्माबलम्वीहरुको महान चाड बिजयादशमीको धटस्थपनाको पहिलो दिन पुजा पाठ गरी जमरा राखिएको छ । बिजयादशमीको दश दिनसम्म विधी ,विधान अनुसार पुजा–पाठ,संध्या भजन,किर्तन, गरि मनाउने गरिन्छ । श्री श्री १०८ श्री माँ भगवती काली मन्दिर महादेवा गा. पा. वडा नं १ पकरी सप्तरीमा सोमवार विहान ०९ः१५ बजे विधीवत रुपले घटस्थापना कार्यक्रम रहेकोले उक्त कार्यक्रममा ग्रामवासी ईष्टमित्रससमेत सम्पूर्णमा हार्दिक अनुरोध मन्दिर ब्यवसथापन समितिले गरेका छन ।
असत्य माथि सत्यको विजय, आसुरी शक्ति माथि देवी शक्तिको विजय स्वरूप महान पर्व विजया दशमीको सुखद उपलक्ष्यमा सम्पूर्ण मानव जगतलाई सुख,शान्ति ,समृद्धि वैभव,उन्नती प्रगतीको हार्दिक मंगलमय शुभकामना दिएर एक आपसमा माया प्रेम ,सदभाव साटेर यो पर्व मनाइन्छ ।
यो मन्दिरको शिलान्यास २०६१ साल गरी २०७३ असोज २४ गते तत्कालिन प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले एक समारोह विच गर्नु भएको थियो । मन्दिरको संस्थापक बेचन यादव र भुटी देवी यादवको ब्यवस्थापनमा नियमित पुजा पाठ हुदै आएको मन्दिर ब्यवसथापन समितिले जनाएको छ । यस मन्दिरमा विजया दशमीको दश दिनसम्म पुजा पाठ ,संध्या भजन,किर्तन, गरि मनाउने मन्दिर ब्यवस्थापन समितिले जनाएको छ ।
अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशका लागि विजयादशमीको टीका लगाउने शुभ साइत सार्वजनिक गरेको छ। विभिन्न देशमा बसोबास गर्ने वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूबाट दसैँ टीकाको साइत नेपालमा असोज १६ गते बिहान ११ ः५३ बजे रहेको छ ।

प्रकाशित मिति: २०२५-०९-२३ , समय : ०७:४१:३५ , 1 day अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित