आर्थिक लेनदेनका कारणले आफ्नै भाउजूमाथि देवरद्वारा एसीड प्रहार
मिति: २०२५-०९-२३ , समय : १५:३०:०६ , गामघर डेस्क
मिति: २०२५-०९-२३ , समय : १५:३०:०६ , गामघर डेस्क
गामघर डेस्क
विराटनगर । दाजु घरमा नभएको मौका छोपी २२ बर्षिया भाउजूलाई २५ बर्षका देवरले बिराटनगरमा सोमबार एसीड प्रहार गरेका छन्। एसीड प्रहार गरेका देवर फरार छन्।
कोशी प्रदेशको मोरङको विराटनगर महानगरपालिका–९ मा छोटु भनिने श्रवण साहले रागिनीदेवी साहमाथि एसिड प्रहार गरेका हुन्। एसीड प्रहारको कारण लेनदेन विवाद रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
एसिड प्रहारबाट घाइते महिलाको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ। उनको अवस्था खतरामुक्त छ। अनुहारमा प्रहार गरिएको बियरको बोतलमा ल्याएको एसीड हातले छेक्दा अनुहार जोगिए पनि हात जलेको छ।
यता शरिरका अन्य भागमा पनि एसीडले जलेको बताइएको छ।
प्रकाशित मिति: २०२५-०९-२३ , समय : १५:३०:०६ , 1 day अगाडि