सप्तरीमा जेनजी आन्दोलनमा पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा एक करोडको क्षति
मिति: २०२५-०९-२७ , समय : ०८:५०:३१ , देबराम यादव
मिति: २०२५-०९-२७ , समय : ०८:५०:३१ , देबराम यादव
तस्बिर : गामघर टिभि / राजविराज
देबराम यादव
राजविराज ।
सप्तरीमा पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको घरमा भदौं २४ गते जेनजी आन्दोलनका क्रममा आक्रमण, तोडफोड र आगजनी गरी १ करोडको क्षति भएको छ ।
जिल्लाको विभिन्न स्थानमा नेपाली काँग्रेस, नेकपा एमाले, जसपा नेपाल, जनमत पार्टी, नेकपा एस, नेकपा माओवादी केन्द्रलगायतको पार्टी कार्यालयका साथै केही नेता, जनप्रतिनिधिहरुको घरमा पनि तोडफोड र आगजनी गरी एक करोड भन्दा बढीको क्षति भएको हो । 
सप्तरी प्रहरीको तथ्यांक अनुसार आन्दोलनको क्रममा राजविराजस्थित नेकपा एमालेको जिल्ला पार्टी कार्यालयमा तोडफोड र आगजनीबाट ३२ लाख ६२ हजार ५ सय मुल्य बराबरको सम्पती नष्ट भएको छ । त्यस्तै जनमत पार्टीको जिल्ला कार्यालयमा १७ लाख २८ हजार सात सय ५० र कञ्चनरुप नगरपालिकास्थित नेकपा एमाले पार्टी कार्यालयमा १४ लाख ५३ हजार पाँच सय रुपैयाँको क्षति भएको छ ।
राजविराजस्थित जसपा नेपालको जिल्ला पार्टी कार्यालयमा १० लाख ६३ हजार सात सय ६५ तथा कञ्चनरुप नगरपालिकाका नगरप्रमुख ललन प्रसाद गुप्ताको घरमा भएको तोडफोड र आगजनीबाट १० लाख रुपैया बराबरको सम्पति नष्ट भएको छ ।
नेपाली काँग्रेसको जिल्ला पार्टी कार्यालयमा ४ लाख ४१ हजारको सम्पती तोडफोड र आगजनी गरी नष्ट भएको छ ।
यस्तै माओवादी नेता एवं पुर्व मन्त्री उमेश यादको घरमा तोडफोड बाट ५ लाख, एमाले नेता सुमन प्याकुरेलको घरमा एक लाख ४१ हजार र सप्तकोशी नगरपालिकाका नगरप्रमुख कृष्ण ढकालको घरमा भएको तोडफोडबाट पाँच हजार गरी कुल १ करोड एक लाख ४५ हजार १५ रुपैयाँ मुल्य बराबरको क्षति भएको प्रहरी तथ्यांकले देखाएको छ ।
जिल्लास्थित पालिका र सरकारी कार्यालयमा ७५ करोड ४५ लाख हजार ८३ रुपैयाँ समेत गरी जेनजी आन्दोलनका क्रममा सप्तरीमा कूल ७६ करोड ४६ लाख ४७ हजार ९८ रुपैयाँ बराबरको क्षति भएको प्रहरीले संकलन गरेको क्षतिग्रस्त संरचनाको लगत विवरणले देखाएको छ ।
प्रकाशित मिति: २०२५-०९-२७ , समय : ०८:५०:३१ , 2 months अगाडि