सप्तरीको चन्द्रनहरमा डुबेर एक बालकको मृत्यु

मिति: २०२५-०९-२७ , समय : २२:२१:४८ , गामघर डेस्क

फायल तस्बिर

गामघर डेस्क

राजविराज । सप्तरीको फत्तेपुरमा शनिबार दिउँसो नहरमा डुबेर एक बालकको मृत्यु भएको छ। नगरपालिकाको वडा १० गंगाजलस्थित चन्द्रनहरमा नुहाउन गएका स्थानीय १२ वर्षीय विशाल सदाको डुबेर मृत्यु भएको हो ।
विशाल साथीसँग नुहाउन गएको र सोही क्रममा पानीमा डुबेर बेपत्ता भएका थिए । घटनाबारे प्रहरी चौकी फत्तेपुरमा जानकारी प्राप्त भएपछि खोजतलास गर्ने क्रममा घटनास्थलभन्दा पाँचसय मिटर दक्षिण भगिनीमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय कञ्चनपुका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
यता शव पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज पठाउने तयारी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति: २०२५-०९-२७ , समय : २२:२१:४८ , 2 months अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित