मधेस प्रदेश : माटोको ढिस्कोमा पुरिएर ३ बालबालिकासहित ४ जनाको मृत्यु

मिति: २०२५-१०-०१ , समय : १७:२८:३५ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम । मधेस प्रदेशको सर्लाही हरिपुर्वा नगरपालिका-१ हर्दी नदीमा माटोको ढिस्को खस्दा पुरिएर चारजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दुई बालबालिका छन्। महोत्तरी सोनमा गाउँपालिका-६ मगरथाना बस्ने बेधु मंसुरकी ६५ वर्षीया श्रीमती सायदा खातुन, ६ वर्षकी सविवा खातुन, अल्लाउदिन मंसुरका ८ वर्षीय छोरा डिल्लु मंसुर र नसरुल शेखकी ९ वर्षकी छोरी नर्गिस खातुन छन्।

दशैंका लागि घर लिपपोत गर्ने माटो खन्ने क्रममा ढिस्को खसेको हो। आज बिहान ९:२० बजे ढिस्को खस्दा चारैजना पुरिएका थिए। घाइतेहरुलाई निकाली प्रादेशिक अस्पताल मलंगवा पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रकाशित मिति: २०२५-१०-०१ , समय : १७:२८:३५ , 2 months अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित