सर्वसाधारणको स्वास्थ्यसग खुलेआम खेलवाड : अकुवा ब्राण्डको पानीको बोतलमा फोहोर फेला
मिति: २०२५-१०-११ , समय : १३:४३:११ , देबराम यादव
मिति: २०२५-१०-११ , समय : १३:४३:११ , देबराम यादव
तस्बिर : देबराम / गामघर टिभि
देबराम यादव
राजविराज । विरेन्द्र एण्ड सन्स फुड एण्ड बेभरेज इन्डस्ट्रीज शंभुनाथ नगरपालिका–५ मोहनपुरमा उत्पादीत ‘अकुवा’ ब्राण्डको पानीमा फोहोर फेला परेको छ ।
अकुवा बा्रण्डको पानीको बोतलमा उपभोक्ताले फोहोरका कणहरू भेटिएको हो ।
स्थानीय एक उपभोक्ताका अनुसार सफा र स्वास्थ्यप्रद पिउने पानीको बोतलबन्द पानीको बोतलभित्रै फोहोर देखिनु अत्यन्तै चिन्ताजनक र गम्भीर लापरबाही रहेको बताइएको छ । पानीको गुणस्तरप्रति आशंका उत्पन्न भएपछि धेरैले अकुवा ब्राण्डको पानी उपभोग नगर्न सबैलाई सचेत गराएका छन् ।
यस घटनाले खानेपानी उत्पादन गर्ने कम्पनीहरूको नियमन तथा गुणस्तर परीक्षणमा सरकारी संयन्त्र फीतलो रहेको स्थानिय उपभोक्ता बताउँछन । स्थानिय उपभोक्ताहरूले सरोकारवाला निकायलाई तत्काल अनुगमन गरी दोषी कम्पनीमाथि कडा कारबाही गर्न माग गरेका छन् ।
अकुवा ब्राण्डको पानी विभिन्न विद्यालय, अस्पताल, होटल तथा सर्वसाधारण उपभोगकर्ताबीच प्रयोग हुँदै आएको छ । यस्ता गुणस्तरहीन पानीको आपूर्ति हुनु स्वास्थ्यसम्बन्धी गम्भीर जोखिम भएको भन्दै उपभोक्ताहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
प्रकाशित मिति: २०२५-१०-११ , समय : १३:४३:११ , 2 months अगाडि