सप्तरीको राजविराज नगरपालिकामा श्रमदानबाट सडक निर्माण सुरु

मिति: २०२५-१०-११ , समय : १८:२२:२५ , गामघर डेस्क

तस्बिर : गामघर टिभि / राजविराज

गामघर डेस्क

राजविराज । सप्तरीको राजविराज नगरपालिका वडा न.२ स्थित राजदेवी पोखरी महाड क्षेत्रको सडक निर्माण कार्य स्थानीय उपभोक्ताको श्रमदानमा सुरु भएको छ ।
राजदेवी मन्दिरलाई मुख्य सडकसँग जोड्ने अधुरो सडक वर्षौंदेखि निर्माण नहुँदा स्थानीय उपभोक्तालाई जान आउन समस्या भोग्दै आएका थिए । स्थानीय तहले कुनै चासो नदेखाएपछि स्थानीय उपभोक्ताहरूले आफैँ चन्दा संकलन गर्दै श्रमदानमार्फत बाटो निर्माण सुरु गरेका हुन् ।
महाड क्षेत्रको उत्तरपट्टि रहेको जीर्ण सडकका कारण सयौँ स्थानीय उपभोक्ता दिनहुँ समस्या भोग्दै आएरहेका थिए । स्थानीय उपभोक्ताका अनुसार बाटो नहुँदा बालबालिका, वृद्धवृद्धा र बिपन्न वर्गलाई विशेष समस्या हुदै आएको थिए ।
बाटो निर्माणको क्रममा राजदेवी पोखरी महाडको डिलको उत्तर भागमा स्थानीय उपभोक्ता घनश्याम यादवले बाटो अतिक्रमण गरी अवरोध सिर्जना गरेपछि निर्माण कार्य प्रभावित भएको स्थानीय उमाकान्त चौधरी बताँउछन ।
बाटो निर्माणमा अवरोध खडा गर्ने घनश्याम यादवलाई प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल र जिल्ला प्रहरी प्रमुख गौतम कुमार केसीले आग्रह गरेका छन् ।
सडक निर्माण सम्पन्न भएपछि महाड क्षेत्रका सयौँ स्थानीय उपभोक्तालाई दिनहुँ ओहर दोहर गर्न सहज भएको छ ।

प्रकाशित मिति: २०२५-१०-११ , समय : १८:२२:२५ , 2 months अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित