छठको लागि छुट्टाइएको बजेटको विषयमा जान्न खोज्दा वडाअध्यक्ष ठाकुरद्वारा पत्रकारमाथी दुर्व्यवहार

मिति: २०२५-१०-१४ , समय : ०९:१०:५० , गामघर डेस्क

फायल तस्बिर

गामघर डेस्क

हनुमाननगर । सप्तरीको हनुमाननगर कङ्कालिनि नगरपालिका वडा नं.–७ मा आर्थिक वर्ष २०८२/०८३ को लागि छठ पर्वको शिर्षकमा छुट्टाइएको बजेट सम्बन्धी विस्तृत विवरण माग्दा वडा नं ७ का वडाअध्यक्ष राजेश्वर ठाकुरले स्थानीय पत्रकार रवि शर्मा संग दुर्व्यवहार गरेको छ।

छठ पर्व नजिकिदै गर्दा विभिन्न छठ पूजा समितिले आर्थिक अभाव झेलेर सार्वजनिक रूपमा छठ पूजाको व्यवस्थापन गर्न स्थानीय संग चन्दा संकलन गरि पूजा गर्ने गरेका छन्। यद्यपि पूजामा रकम अप्रत्याप्त हुदा बिगत सालको छठ पूजाको बाकी अहिले पनि तिर्न न सकेको छठ पूजा समिति २०८१ का पूर्वअर्ध्यक्ष नारायण ठाकुरले जानकारी दिनुभयो ।

छठ पर्वका तयारी र बजेट खर्चबारे बजेट छुट्टाइएको नगरपालिकाको वार्षिक बजेटलाई समाजिक संजालमा उठान गरे पछि वडाअध्यक्ष ठाकुरले उक्त पोस्टलाई लक्षित गरि कार्यालयमा पत्रकार शर्मालाई बोलाएर धम्की दिएका छ । यस घटनाले पत्रकार र सर्वसाधारणबीच असन्तुष्टि बढेको छ।

घटनापछि स्थानीय बासिन्दा, सामाजिक अभियन्ता र पत्रकारहरूले उक्त व्यवहारको कडा विरोध जनाउँदै प्रेस स्वतन्त्रता र पत्रकारको सम्मानको रक्षा गर्न माग गरेका छन्। स्थानीय पत्रकारहरुले घटनाको छानबिन र दोषीमाथि कानुनी कारबाहीको माग गरेको छ।

स्थानीय युवाले भनेका छन्, “छठ जस्तो धार्मिक पर्वको बजेटमा पारदर्शिता माग्नु गलत होइन, पत्रकारसँग दुर्व्यवहार हुनु दुःखद कुरा हो।”

प्रकाशित मिति: २०२५-१०-१४ , समय : ०९:१०:५० , 2 months अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित