मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले लिए शपथ

मिति: २०२५-१०-१६ , समय : १४:०८:३८ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मुख्यमन्त्री सोनलले एक समारोहबीच प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता सोनल पाँच दलका ५६ सांसदको समर्थनमा बुधबार साँझ मुख्यमन्त्री नियुक्त भएका थिए ।

उनलाई एक सिटको नागरिक उन्मुक्ति पार्टीले पनि समर्थन गरेको छ ।

प्रकाशित मिति: २०२५-१०-१६ , समय : १४:०८:३८ , 2 days अगाडि