पत्रकार माझीमाथि हातपातमा संलग्न दुईजना पक्राउ
मिति: २०२५-१०-१८ , समय : ०७:३८:३१ , गामघर डेस्क
मिति: २०२५-१०-१८ , समय : ०७:३८:३१ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
नेपाल पत्रकार महासंघका केन्द्रीय परिषद सदस्य तथा प्राइम पत्रकार मनोज माझीमाथि हातपात गर्ने दुइजना पक्राउ परेको छ । सप्तरीको शम्भुनाथ नगरपालिका–११ का ब्रहमदेव भगत र सोही स्थानका नारायण खंगलाई बिहीवार प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका दुबैजनालाई प्रहरी नियन्त्रणमा राखी कानून बमोजिम कारबाही अगाडि बढाइएको जनाएको छ । पीडित पत्रकार माझीलाई प्रहरीले जानकारी गराए अनुसार उनीहरु दुबैलाई बिहीवार नै पक्राउ गरिएको हो ।
गत सोमबार समाचार संकलनको क्रममा पत्रकार माझीमाथि हातपात तथा दुव्र्यवहार र अभद्र व्यवहार भएको थियो । समाचार संकलनका क्रममा शम्भुनाथ नगरपालिका ११ का वडा अध्यक्ष राज कुमार साहको नेतृत्वमा आएको समूहले आक्रमण गरी मोबाइल समेत फुटाएको पीडित पत्रकार माझीको भनाइ छ ।
पीडित पत्रकार माझीले जग्गा घेरवार गरेको र भत्काएको भिडियो लिदा आफूमाथि आक्रमण भएको बताए। आफूले पत्रकारको परिचय सहित प्रेस कार्ड देखाउँदा सुनुवाई नगरी आक्रमणकारीहरुले नियन्त्रमा लिएको बताउनु भयो ।
घटना लगत्तै नेपाल पत्रकार महासंघ सप्तरीका टोलीसहित जिल्ला प्रहरी कार्यालय पुगेर पीडित पत्रकार माझीले जिल्ला प्रहरी कार्यालय सप्तरीमा विभिन्न व्यक्तिको नाम उल्लेख गरि किटानी जाहेरी दर्ता गराएका थिए ।
पत्रकारिताको आडमा अराजक गतिविधि
सप्तरी ,असोज ३१ गते ।
नेपाल पत्रकार महासंघ सप्तरीले समग्र पत्रकारिताकै बदनाम गराउने गरि भएको अराजक गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपाल पत्रकार महासंघ सप्तरीद्वारा शुक्रवार एक प्रेस विज्ञप्ति जारी गर्दै पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने स्पष्ट पारेको हो ।
नेपाल पत्रकार महासंघ सप्तरीका सह –सचिब डम्बर राईद्वारा हस्ताक्षरित विज्ञप्तिमा विक्की सिंह र अजय आदित्यले पत्रकारिताको आडमा अराजक गतिविधिको भिडियो सार्वजनिक भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
विक्की सिंहले आफुलाई पत्रकार भन्दै एक बृद्धलाई रक्ताम्य हुने गरी गरेको कुटपिट तथा १० हजार मागेको भिडियो सामाजिक संजालमा सार्वजनिक भएको थियो । यसैगरी आफुलाई पत्रकार भन्ने अजय आदित्यले एक महिलासंग रकम लिइ फिर्ता नगरेको गुनासो सहितको भिडियो सार्वजनिक भएको छ ।
‘यी दुबै घटना पत्रकारताको आचारसंहिता विपरीतको काम हो’ महासंघद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ’ पत्रकारिता गर्ने व्यक्ति यस किसिमको गतिविधिमा कहिल्यै संलग्न हुदैन ।
आगामी दिनमा समग्र पत्रकारिताकै बदनाम गराउने यस्ता गतिविधि गर्ने कुचेष्टा नगर्न सचेत गराउँदै विज्ञप्तिमा यस्ता गैर कानुनी हर्कत गर्ने जो कोहिलाई कानून बमोजिम कारबाही गर्न सरोकारवाला निकायको ध्यानाकर्षण गराइएको छ ।
प्रकाशित मिति: २०२५-१०-१८ , समय : ०७:३८:३१ , 12 hours अगाडि