सप्तरीमा अज्ञात समुहद्वारा गोली हानी पुजारीकाे हत्या

मिति: २०२५-१०-१९ , समय : ०७:२५:३३ , गामघर डेस्क

फायल तस्बिर

गामघर डेस्क

राजविराज । सप्तरीको बोदेबर्साइन नगरपालिका वडा न.८ रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारीको गोली लागी मृत्यु भएको छ।
मन्दिरमा पुजारीका रूपमा कार्यरत करिब ७० वर्षीय रामदुलार साहलाई अज्ञात व्यक्तिले राति गोली हानेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार साह आफ्नै कुटीअगाडि बाटोमा पिसाब गरिरहेको अवस्थामा पछाडिबाट गोली प्रहार भएको थियो। गोली नाभी नजिकै ढाडतर्फ लाग्दा घटनास्थलमै उनको मृत्यु भएको हो।
वडा सदस्यले घटना भएको केही मिनेटमै प्रहरी चौकी काचनलाई जानकारी गराएका थिए। जानकारी पाएलगत्तै प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थल सुरक्षित राखी आवश्यक अनुसन्धान थालेको जनाएको छ।
घटनास्थलबाट दुईवटा गोलीका खोका फेला परेका छन् भने गोली प्रहार गर्ने व्यक्ति हाल फरार रहेको प्रहरीले बताएको छ। अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सप्तरी र इलाका प्रहरी कार्यालय कडरवोना दुवैतर्फबाट अतिरिक्त टोली खटाइएको छ।
प्रहरीका अनुसार सीमावर्ती क्षेत्रमा संकास्पद व्यक्तिहरूमाथि कर्डन गरी चेकजाँच तीव्र बनाइएको छ।

प्रकाशित मिति: २०२५-१०-१९ , समय : ०७:२५:३३ , 11 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्