छठ पुजाका लागि सुप्पा बनाउन व्यस्त तराईका डाेम समुदायहरु
मिति: २०२५-१०-२२ , समय : १५:४२:३१ , रबिन्द्र बराल
मिति: २०२५-१०-२२ , समय : १५:४२:३१ , रबिन्द्र बराल
रबिन्द्र बराल
विराटनगर ।
हिन्दु धर्मावालाम्वीहरुको तेस्रो महान छठ पर्वका नजिकिदै जाँदा चाहिने ढक्कि सुप्पा जस्ता बाँसकाे चाेया बाट बनाउन व्यस्त हुन थालेका छन ।

कोशी प्रदेशको मोरङको रंगेली नगरपालिका ६ स्थित माझी टोल तथा मल्कालिक टाेलमा वसाेवास गर्दे आईरहेका ६० घर डाेम परिवारहरु अहिले छट पर्वमा चाहिने ढक्की, सुप्पा, कोनिया, ढाला बनाउन ब्यस्त हुन थालेका हुन । उनिहरुले तराईमा पाईने बाँसको माध्यमबाट चोया निकालेर उक्त सामग्री बनाउने गरेका छन । बिगतका दिन हरुमा यहि पेसा बाट आफुहरुले मनग्ये आम्दानी हुने गरेको भएता पनि खुल्ला सिमानाका कारण अहिले भारतीय हरुले नेपालमा आएर सस्तो मुल्यमा उक्ति सामग्रीहरु बिक्रीवितरण गर्दे आफूहरुको रोजिरोटि नै खोसेको रुपेश मल्लिकले बताए । पुर्खेउली पेशा भएको हुनाले आफुहरुले यसलाई जगेर्ना गरेको र बाँस समेत महगो हुनेर सामग्री बनाउदा समेत हात, खुट्टा कानिने समस्या हुने गरेको उनिहरुले बताए ।
बिक्रीवितरणका लागि रंगेली, कर्सिया, दोहमाना, डाईनिया बजारमा बिक्री गर्ने गरेका छन । उनिहरुले एक दिनमा ८ देखि १० बटा सम्म सुप्पा बनाउने गरेर र एउटा बाँस बाट ५ देखि ६ बटा समाग्री हुने गरेकाे उनलेे बताए । छट पर्वका लागि सुप्पा १ सय ५० रुपैयाँ प्रतिगोटा र ढक्की ३ सय देखि ३ सय ५० रुपैयाँ र ढक्ना १ रुपैयाँ सम्म बिक्री गर्ने गरेको उनिहरुले बताए ।
अहिले बजारमा छठ पर्वमा चाहिने आवस्यक सामग्री हरुकाे जाेह गर्ने समेत थालेका छन ।
प्रकाशित मिति: २०२५-१०-२२ , समय : १५:४२:३१ , 3 months अगाडि