संविधान संशोधन गरेर निर्वाचन गरे मात्र जेनजी आन्दोलनको माग सम्बोधन हुने : डा.सिके राउत

मिति: २०२५-१०-२७ , समय : ०८:३०:५८ , गामघर डेस्क

तस्बिर : देबराम यादव / गामघर टिभि

गामघर डेस्क

राजविराज । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सिके राउतले अहिले मुलुकको हितको लागि सबैले आआफ्ना ठाउँबाट महत्त्वपूर्ण भूमिका निर्वाह गर्न पर्ने बताउनुभएको छ ।
प्रेस जनमत सङ्घद्वारा राजविराजमा पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष राउतले सो कुरा बताउनुभएको हो । उहाँले अहिले मुलुक गम्भीर अवस्थामा रहेकोले यसको निकास दिन सवैले आ आफनो ठाउँबाट जिम्मेवार भएर अघि बढनु पर्ने बताउनु भयो ।
संविधान संशोधन गरेर निर्वाचन गरे मात्र जेनजी आन्दोलनको माग सम्बोधन हुने बताउदै यस्तै अवस्थामा निर्वाचन भयो भने राज्यको सत्ता यथावत् अवस्था रहने सम्भावना बढी रहेको उहाँले बताउनुभयो । उहाँले शहीदको बलिदानीबाट आएको संविधान र सङ्घीयतामा प्रहार गर्नुहुँदैन बताउनु भयो । उहाँले संविधानमा भएको कमीकमजोरी त्रुटि सच्याउन आवश्यक छ तर खारेज गर्नुहुँदैन ।
जेनजी आन्दोलन जनताको राज्य सत्ता प्रतिको आक्रोशको परिणाम भए पनि यस आन्दोलनबाट राष्ट्रले ठूलो क्षति व्यहोर्नुपरेको छ । अहिलेको अवस्थामा विशेषगरी युवालाई मार्गदर्शन गर्नुपर्ने अहिलेको प्रमुख जिम्मेवारी भएको उहाँले बताउनुभयो ।
देशमा एक समुदायले अर्को समुदायमा द्वन्द्व गर्ने, एक अर्कामाथि प्रहार गर्ने जस्ता विकृति देशमा बढ्दै गएकोले यस्ता गतिविधिहरूप्रति सधैं सचेत भएर अघि बढ्नुपर्नेमा जोड दिनु भयो ।
नेपालमा वैदेशिक प्रभावको कारण मुलुकमा अस्थिरता हुने गरेको कारण यहाँको सरकार कमजोर भएकोले वैदेशिक प्रभावमा सरकार ढल्दै आएको बताउनुभयो । सरकार दिगो नभएसम्म देशको विकास द्रुत गतिमा हुने सम्भावना कम भएको बताउनु भयो ।
उहाँले जनमत पार्टीको योजना स्वायत्तको पक्षमा रहेको जानकारी दिदै, प्रदेशको आफ्नै प्रहरी र आफ्नो अधिकार हुनुपर्ने बताउनु भयो । सो कार्यक्रममा जनमतको संसदीय दलको नेता महेशप्रसाद यादव सङ्गठन विभागको प्रमुख जयकान्त राउत,जनमत पार्टीको जिल्ला ईन्चार्य रामगमन साह लगायतको उपस्थिति थियोे ।

प्रेस जनमत सङ्घको केन्द्रीय संयोजक अवधेश झाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियोे ।

प्रकाशित मिति: २०२५-१०-२७ , समय : ०८:३०:५८ , 1 month अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित