बेमौसमी वर्षाले पाकेको धानवालीमा अत्यधिक क्षति : किसानहरू चिन्तित

मिति: २०२५-११-०२ , समय : १६:२७:५० , गामघर डेस्क

तस्बिर : गामघर टिभि

गामघर डेस्क

सप्तरी ।
मधेस प्रदेसको सप्तरी सहितका जिल्लामा तीन दिनदेखिको निरन्तर वर्षाले पाकेको धानवालीमा अत्यधिक क्षति भएको छ । भित्र्याउने तयारी अबस्थामा रहेको बैला धानबालीमा बेमौसमी बर्षाले क्षति पुगेको हो ।
सप्तरीको महादेवा गाउँपालिका वडा न.१ स्थित सोनराका रमेश मण्डलको पाँच कठ्ठा पाकेको धान काटेर खेतमा रहेको अवस्थामा वर्षाको वाढीले डुवेपछि ठूलो क्षति भएको छ । वर्षाको पानीले हजारौं क्षति भएको मण्डलले दुखेसो पोख्नु भयो ।
यस्तै तिलाठी कोइलाडी गाउँपालिका ७ स्थित भगवानपुरका गुलाव रामको दश कठ्ठा पाकेको धान काटेर खेतमा रहेको अवस्थामा वर्षाको वाढीले डुवेपछि अत्यधिक क्षति भएको छ । वर्षाको पानीले लाखौं क्षति भएको रामले दुखेसो पोखेका छन ।
सोही ठाउँका स्थानीय पिडीत नित्यानन्द सिंहले वर्षाको पानीको कारण काटेर राखेको धान खेतमै डुवेर वर्वाद भएकोे दुखेसो पोख्नु भयो ।
यस्तै किसान राजकुमार यादवले धान पानीले भिजे पछि मेहनत र लगानी दुबै खेर गएकोे गुनासौ गर्नु भयो ।
विहिवारदेखि सामान्य वर्षा भए , पनि शुक्रबार रातिदेखि शनिबारसम्म निरन्तर मुसलधारै वर्षा भएको हुँदा धानबाली धेरै क्षति पुगेको दिपेन्द्र माझीले बताउनु भयो । निरन्तर वर्षाको कारण पाकेको धानवाली नष्ट हुँदा ठुलो मारमा परेको स्थानीय किसान बेचन यादवले बताउनु भयो । वर्षा आईतवार विहानबाट रोकिएकोले किसानहरुको थप क्षति हुनबाट जोगिएको उहाँले बताउनु भयो । विषेशगरी छिटो पाक्ने कतरनी,साइठी , कान्छी लगायत जातका धानलाई सव भन्दा बढी वर्षाले क्षति पु¥याएको उहाँले जानकारी दिनु भयो ।
त्यस्तै वासमती, चनन्चुर,कान्छी लगायत जातका धान नपाके पनि बोट ढलेर डुवेको कारण उव्जनीमा यस वर्ष अत्यधिक कमी हुने अनुमान कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख किसुनदेव राउत जानकारी दिनु भयो । काट्न तयार रहेको धान वर्षा र वाढीको पानी खेतमा पस्दा ठुलो नोक्सान भएको तिलाठी कोइलाडी ६ का अशोक यादवले बताउनु भयो । वर्षाले पाकेको धानलाई झार्नुका साथै बोट समेत ढलेर नष्ट भएको उहाँले बताउनु भयो ।
धान भित्रयाउने समयमा पानीले क्षति पु¥याएको स्थानीय किसान शिवनारायण यादवले दुखेसो पोख्नु भयो ।
‘खेतैभरि पानी भरिएको छ, एकदुई दिनमै काटेर थन्क्याउने बेलाको धान पानीले सखाप पारिदियो’,उहाँले अब वर्षभरी के खाने ? कसरी जीवन चलाउनु’ ठुलो समस्यामा प¥यौं ।’
वर्षाले खेतवारी, करेसावारीमा लगाएको तरकारी वालीहरु समेत नष्ट भएको स्थानीय किसान बासुदेव यादवले बताउनु भयो ।

प्रकाशित मिति: २०२५-११-०२ , समय : १६:२७:५० , 4 weeks अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित