सप्तरीमा तस्करी फष्टायाे : झण्डै ९ लाखभन्दा बढीको अबैध सामान बरामद

मिति: २०२५-११-०५ , समय : ११:५७:३० , गामघर डेस्क

तस्बिर : गामघर टिभि / राजविराज

गामघर डेस्क

सप्तरी ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले भारतबाट अबैध रूपमा ल्याइएका झण्डै ९ लाख ४२ हजार रुपैयाँ बराबरका विभिन्न सामान बरामद गरेको छ।
प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय तथा मातहतका इकाइहरूले विभिन्न मिति र समयमा भारततर्फबाट चोरी पैठारी गरी ल्याइँदै गरेका कपडा र किराना सामानहरू बरामदमा गरेका हुन्। ती सबै सामान भन्सार छली गरी ल्याइएका कारण आवश्यक अनुसन्धान तथा कारबाहीका लागि मंगलबार भन्सार कार्यालयमा बुझाइएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीका अनुसार बरामद सामानहरूको कुल मूल्य नौ लाख बयालिस हजार आठ सय पचासी रुपैयाँ बराबर छ। यता प्रहरीले सीमावर्ती क्षेत्रमा भन्सार छली र चोरी पैठारी नियन्त्रण गर्न सशक्त अनुगमन गरिरहेको जनाएको छ।

प्रकाशित मिति: २०२५-११-०५ , समय : ११:५७:३० , 4 weeks अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित