कहिले सुधार हाेला ऐतिहासिक छिन्नमस्ता भगवति मन्दिरको अवस्था…?
मिति: २०२३-०३-२५ , समय : १८:२३:४५ , कपिल मुखिया
मिति: २०२३-०३-२५ , समय : १८:२३:४५ , कपिल मुखिया
छिन्नमस्ता भगवती मन्दिरको तस्बिर :
कपिल मुखिया
राजविराज । सप्तरीको एेतिहासिक छिन्नमस्ता भगवती मन्दिरको दुराअवस्था कहिले सुधार हुने सरकार ?
के यो मन्दिर, मन्दिर समितिको सदस्य र समितीका पदाधिकारीहरुका लागी लुटन र उनीहरुको तिजोरी भर्नको लागि मात्रै हो र?
यस मन्दिरमा वर्षेनी करोडौंको बजेट आउँछ तर त्यो बजेट बापतको काम ५% पनि हुँदैन।
लुटन र भ्रष्टाचार गर्न मन्दिर समितिका सदस्यहरुले बजेट बापतको रुपैयाँ पनि मन्दिर समितिकै कोषमा राख्न लगाउँछन ता की लुटन लाई सजिलो होस।
एक पल्ट बजेट ल्यायो काम गर्यो त्यो काम पुर्ण रुपमा सम्पन्न नहुँदै अर्को बजेट आएपछि बन्दै गरेको संरचनालाई बिगार्ने तथा मन्दिरको सौन्दर्य करनलाई बिगार्ने काम गरिरहे हुन्छन।

यहाँ बजेट त करोडौंको आउँछ तर काम चाहिँ शुन्य हुन्छ।
यहाँ खाटिएका कर्मचारीहरु तलबको भर्पाई त बढी रकमको गर्छन र मन्दिरको आम्दानी र खर्च विवरण मोलोमतोमा सार्वजनिक गर्छन।
यहाँ यस्ता कर्मचारीहरु छन जसको तलब अहिलेको समयमा ५ हजार, ८ हजार, ९ हजार देखी लास्ट २४ घण्टा खटिने कर्मचारीको तलब १३ हजार सम्म छन। तर खर्च बिल भर्पाईमा उनीहरुको तलब बढी देखाएर खर्च विवरण सार्वजनिक गर्छन। यस मन्दिर समितिमा यस्ता भ्रष्टहरु छन जस्ले मन्दिरको आम्दानी भन्दा बढी खर्च नै देखाउँछन। तर मन्दिरको आम्दानी भने खर्च विवरण देखाउने भन्दा कयौं गुणा बढी हुन्छ।
मन्दिरको हरेक कामकाजमा भ्रष्ट र लुटेराहरुले नै कब्जा जमाएको छ।
आजको यो तलको फोटो हेर्नुस। मन्दिर परिसर भित्र करोडौंको बजेट ल्याएर भवन बनाउन खडा गरिएको पिलरहरुलाई भत्काइ रहेको छ। किन कि त्यो पिलरहरु मन्दिर परिसर भित्रको सौन्दर्यकरण लाई बिगार्छ रे! पिलर हटाउनु काम माने ठिकै हो। तर त्यो पिलर भित्र रहेका रड (डन्डी) हरु मन्दिर समितीका मान्छेहरुले काँधमा बोकेर उनिहरुको घर लग्दैछन। मन्दिरको सम्पत्तिलाई यसरी हत्त्याउन मन्दिर समितीका मान्छेहरुलाई खुल्ला छुट छ र?
यस्ता लुटेरहरु माथी किन कार्यवाही हुँदैन? किन यिनिहरु माथी अख्तियारले छानबिन गर्दैन।
अब यो मन्दिरलाई स्थानीय सरकरकै रेखदेख र नियन्त्रणमा राख्नुपर्यो अनि मात्रै मन्दिरको अस्तित्व बच्ने छन। फेसबुक वालबाट
प्रकाशित मिति: २०२३-०३-२५ , समय : १८:२३:४५ , 3 years अगाडि