सप्तरीबाट करदाता सेवा कार्यालय सार्ने निर्णय विरुद्वको आन्दोलन जारी

मिति: २०२५-११-०९ , समय : २२:०१:२७ , गामघर डेस्क

तस्बिर : गामघर टिभि

गामघर डेस्क

राजविराज ।
सप्तरी उधोग बाणिज्य संघले करदाता सेवा कार्यालय राजविराजलाई आन्तरिक राजस्व कार्यालयमा गाभ्ने निर्णय विरुद्ध घोषित चरणबद्व आन्दोलन आईतबार पनि जारी रहेको छ । आन्दोलन परिचालन समितिका संयोजक सुरेन्द्र यादवको नेतृत्वमा गजेन्द्र चौकमा हस्ताक्षर संकलन तथा धर्ना कार्यक्रम दोश्रो दिन पनि जारी राखेको हो ।
संघर्ष समितिका संयोजक यादवले राजविराजस्थित रहेको करदाता सेवा कार्यालय खारेज गर्ने निर्णय सच्याउनु पर्ने बताउनुहुदै करदाता कार्यालय यथावत राख्न जोडदार माग गर्नु भयो ।
गत कार्तिक २२ गतेदेखि २७ गतेसम्मको आन्दोलनका कार्यक्रम अनुसार करदाता सेवा कार्यालय खारेज गर्ने निर्णय विरुद्व हस्ताक्षर संकलन गरी अर्थमन्त्रीलाई बुझाउने पूर्व घोषित आन्दोलमलाई निरन्तरता दिएको वताउनु भयो । उहाँले माग सम्बोधन नभएसम्म आन्दोलनाका कार्यक्रम जारी रहने बताउनु भयो ।
विरोधका कार्यक्रम अनुसार कार्तिक २२ देखि २७ गतेसम्म विहान ९ बजे देखि बेलुका ४ बजेसम्म गजेन्द्र चौकमा सेतो तुल राखी हस्ताक्षर संकलन गर्ने, दिउँसो २ बजेदेखि धर्ना तथा विरोध प्रदर्शन गर्ने र कार्तिक २७ गते बेलुका ४ बजेदेखि गजेन्द्र चौकदेखि मौन जुलुस प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी मार्फत संघीय अर्थमन्त्रीलाई हस्तारक्षित तुल पठाउने रहेको उहाँले बताउनु भयो ।
आन्दोलनलाई व्यवाथित गर्न यादवको नेतृत्त्वमा ९ सदसीय संघर्ष समितिमा वैद्यनाथ जोशी, सचिन्द्र दास, सन्तोष कुमार सिन्हा, सुरेन्द्र प्रसाद साह, भोगेन्द्र मिश्र, जीतेन्द्र प्रसाद गुप्ता, विजय देव, निर्मल कुमार मुन्धाडा सदस्य रहेको छ ।
माओवादी जनयुद्व कालमा राजविराज स्थित आफ्नै भवनमा रहेको आन्तरिक राजस्व कार्यालय लहान सरेपछि २०७५ सालमा पुनः करदाता सेवा कार्यालय पुनार्थपाना गरिएको थियो ।
राजविराज सेवा कार्यालयमा करदाता संख्या ७२ हजार बढी रहेका छन् । उक्त कार्यालयबाट आव २०८१/०८२ मा १ अर्व राजस्व असुली भएको छ । कार्यालयले आव २०८२/०८३ मा १ अर्व २५ लाख राजस्व असुली गर्ने लक्ष्य राखेको छ । सरकारले लिएको लक्ष भन्दा बढी यस कर्यालयबाट राजस्व संकलन हुँदै आएको छ ।
कार्यालयमा दरबन्दी कार्यलय प्रमुख १ , सुब्बा १ कम्प्युटर अपरेटर २ र ६ जना करारका कर्मचारी कार्यरत छन् ।
नेपाल सरकार मन्त्री परिषदको निर्णय अनुसार देश भरको ३७ करदाता सेवा कार्यालय खारेज गरि आन्तरिक राजस्व कार्यालयबाट सेवा प्रबाह हुने जनाएको छ ।
सप्तरी उधोग बाणिज्य संघको नेतृत्वमा जारी आन्दोलनलाई सप्तरीका राजनितिक दल, जनप्रतिनिधि, युवा विद्यर्थी, पत्रकार तथा उद्योग व्यवसायी तथा सम्पूर्ण सप्तरीबासीले समर्थन जनाएका छन्।

प्रकाशित मिति: २०२५-११-०९ , समय : २२:०१:२७ , 3 weeks अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित