सप्तरी प्रहरीद्वारा लाखौंको अबैध सामान बरामद

मिति: २०२५-११-११ , समय : २२:३६:४६ , गामघर डेस्क

तस्बिर : गामघर टिभि

गामघर डेस्क

सप्तरी ।
जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा लाखौंको अबैध समान बरामद गरेको छ । भारतबाट भन्सार छली नेपाल तर्फ ल्याउँदै गरेको २ लाख ७३ हजार ८ स्स्य बराबरको अबैध सामान प्रहरीले बरामद गरेको हो ।
भारतबाट भन्सार छली तथा चोरी पैठारी गरि ल्याउदै गरेको चिनी, खानेतेल,जिरा कपडा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । प्रहरी गस्ती टोलीलाई देखेपछि उक्त सामान छोडेर तस्करीमा संलग्न व्यक्तिहरु फरार भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिनुभयो ।
बरामद सामान आवश्यक कारबाहीका लागि मंगलबार भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक पुरीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२५-११-११ , समय : २२:३६:४६ , 3 weeks अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित