सप्तरीमा २ सय २० बोरा डीएपी मलसहित एक जना पक्राउ

मिति: २०२५-११-१८ , समय : २२:५३:३६ , गामघर डेस्क

तस्बिर : गामघर टिभि

गामघर डेस्क

राजविराज ।
सप्तरी प्रहरीले रासायनिक मल कालाेबजारी गरेको आरोपमा २ सय २० बोरा डीएपी मलसहित एक जनालाई पक्राउ गरेको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा न.३ पोर्ताहाका ४५ वर्षीय मनोज कुमार यादव रहेका छन ।
यादवले जनता कृषि सहकारी संस्था लिमिटडमा नेपाल सरकारबाट अनुदानका डिएपी रासायनिक मल कालाेबजारी गरेको आरोपमा ना ६ ख ६२८४ नम्बरको ट्रकसहित २ सय २० बोरा मल बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सुचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीले सञ्चारकर्मीलाई जानकारी दिनु भयो ।
प्रहरी नायव उपरीक्षक पुरीले छानविन गर्दा आधिकारीक कागज पत्र नभएको कारण ट्रक, मलसहित यादवलाई पक्राउ गरी आबश्यक कानुनीको लागी नियन्त्रमा राखिएको बताउनु भयो ।
यादवलाई कालाबजारी कसुरमा सप्तरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भई रहेको प्रहरी नायव उपरीक्षक पुरीले बताउनु भयो ।
यसैगरी भारतबाट नेपाल तर्फ मोटरसाइकलमा ल्याउँदै गरेको २ लाख बढीको अवैध सामान बरामद गरी राजविराज भन्सार कार्यालयलाई बुझाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रकाशित मिति: २०२५-११-१८ , समय : २२:५३:३६ , 2 weeks अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित