काठमाण्डाै महानगरका मेयर बालेन्द्र शाहलाई पितृशाेक
मिति: २०२५-१२-०१ , समय : १४:१९:२६ , गामघर डेस्क
मिति: २०२५-१२-०१ , समय : १४:१९:२६ , गामघर डेस्क
तस्वीर : सामाजिक सञ्जालबाट
गामघर डेस्क
काठमाण्डाै । काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई पितृशोक परेको छ । उहाँका बुबा रामनारायण शाहको ७७ वर्षको उमेरमा आज उपचारका क्रममा निजामती कर्मचारी अस्पतालमा निधन भएको अस्पतालका कार्यकारी निर्देशक डा. मोहनचन्द्र रेग्मीले जानकारी दिनुभयो ।
उहाँलाई मधुमेह र पिसाबको सङ्क्रमणको समस्या थियो । शाहलाई हिजाे दिउँसाे अस्पताल भर्ना गरिएको थियो ।
प्रकाशित मिति: २०२५-१२-०१ , समय : १४:१९:२६ , 2 hours अगाडि