काङ्ग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मधेस प्रदेशका पाँचौं मुख्यमन्त्रीमा नियुक्त
मिति: २०२५-१२-०५ , समय : २३:०१:१९ , गामघर डेस्क
मिति: २०२५-१२-०५ , समय : २३:०१:१९ , गामघर डेस्क
तस्बिर : सामाजिक सन्जालबाट
गामघर डेस्क
जनकपुरधाम । मधेश प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ । उहाँलाई प्रदेश प्रमुख डा.सुरेन्द्र लाभले मुख्यमन्त्रीमा नियुक्त गर्नुभयो ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम यादव मुख्यमन्त्री नियुक्त हुनुभएकाे हो । कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता यादवले यसअघि प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीका लागि दाबी पेश गर्नुभएको थियो । उहाँले ७७ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीका लागि दाबी पेश गर्नुभएको हो ।
आज दिउँसो बसेको ६ दलका नेताको बैठकमा कांग्रेसलाई मुख्यमन्त्री दिने सहमति भएको थियो । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मुख्यमन्त्रीमा दाबी छोडेपछि कांग्रेसका यादवको नाममा सहमति जुटेको हो ।
कांग्रेसका यादवका लागि नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जसपा नेपाल, लोसपा, जनमत पार्टीको समर्थन रहेको छ ।

यसअघि सरोजकुमार यादवले विश्वासको मत पाउने नदेखिएपछि मुख्यमन्त्रीबाट राजीनामा दिनुभएको थियो ।
प्रकाशित मिति: २०२५-१२-०५ , समय : २३:०१:१९ , 2 days अगाडि