सप्तरीको कञ्चरुप नगपालिकामा विद्यालय स्तरीय टि-२० क्रीकेट प्रतियोगिता शुरु
मिति: २०२५-१२-०६ , समय : २१:३८:१० , निकेश साह
मिति: २०२५-१२-०६ , समय : २१:३८:१० , निकेश साह
तस्बिर : निकेश साह / गामघर टिभि
निकेश साह
बरमझिया । सप्तरीको कञ्चरुप नगपालिका वडा न.१२ मा स्वर्गीय राजु गौतम स्मृति तेस्रो विद्यालय स्तरीय टि-२० क्रीकेट प्रतियोगिता शुरू भएको छ । कञ्चरुप रोयल क्लव क्नचनरूप १२ रूपनगरको आयोजनामा शनिबार सुन्दरी खेल मैदानमा राजु गौतम स्मृति तेस्रो विद्यालय स्तरीय टि-२० क्रीकेट प्रतियोगिता शुरू भएको हो ।
क्लवका अध्यक्ष अभिषेक गौतमको अध्यक्षतामा आयोजित प्रतियोगिताको प्रमुख अतिथि कन्चनरुप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ता र स्वर्गीय राजु गौतमकी श्रीमति सुशिला गौतमले संयुक्त रुपमा पानसमा बत्ती बालेर खेलको उद्घाटन गरे ।
साे प्रतियोगिता उद्घाटन कार्यक्रममा बोल्दै गुप्ताले खेलले मानव जिवनको सर्वाङ्गिण बिकास गर्ने भएकाले खेलकुदको महत्व बढेर गएको बताए । खेलकुदको माध्यमद्वारा खेलाडीहरुको मानसिक , शारीरिक बिकासमा टेवा पुग्ने उनले विश्वास व्यक्त गरे ।
उद्घाटन खेल चिल्ड्रेन मोडल स्कुल कन्चनरुप ८ र पिस एन्जल सेकेण्डरी स्कुल कन्चनरुप ८ बिछ भएको थियो ।
चिल्ड्रेन मोडलले पिस एन्जललाइ २ रनले पराजित गर्यो ।
टस हारेर पहिले ब्याटिङ गरेको चिल्ड्रेन मोडलले १६ ओभरमा सबै विकेट गुमाएर १ सय ४१ रन बनाएको थियो । 
चिल्ड्रेनका रेहान शेखले ३० बलमा ७७ रन र कृस झाले १० बलमा १० रन बनाएका थिए । पिस एन्जलका अमन साहले ४ विकेट र एम डि समिरले ३ विकेट लिएका थिए ।
पिस एन्जलले १७ ओभरमा अल आउट हुँदै १ सय ३९ रन बनाउन सक्यो ।पिस एन्जलका एम डि हुसेनले २१ बलमा ३८ रन बनाएका थिए ।
चिल्ड्रेनका रहमतुल्लाले ३ विकेट , आयुस सिंहले २ विकेट , कृस झाले २ विकेट , एम डि अमिरले १ ,देवानन्द यादवले १ विकेट लिएका थिए ।
उक्त कार्यक्रममा महेन्द्र जनता माबि बलुवाका शिक्षक रमेश तिमिल्सिनाले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
प्रकाशित मिति: २०२५-१२-०६ , समय : २१:३८:१० , 23 hours अगाडि