सप्तरीको विष्णुपुर गाउँपालिकाकाे थलहीमा फुटवल प्रतियोगिता सुरु

मिति: २०२५-१२-०८ , समय : २३:२२:४८ , बिन्दु कुमार यादव

बिन्दु कुमार यादव

राजविराज ।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ सप्तरीको विष्णुपुर गाउँपालिका वडा न १ मा हाम्रो स्टार यूवा क्लव थलहीको आयोजनामा सोमवार देखि फुटवल प्रतियोगिता सुरु भएको छ।
विष्णुपुर गाउँपालिका वडा नम्वर १ का वडाअध्यक्ष बलराम यादवको अध्यक्षता तथा गाउँपालिकाको अध्यक्ष उमेश प्रसाद यादवको प्रमुख आतिथ्यमा एक कार्यक्रम विच साे प्रतियोगिताको उद्घाटन गरिएको हो ।
थलहीको स्वास्थ्य चोकी नजिक सुरु भएको उक्त प्रतियोगितामा जम्म ८ वटा टिमको सहभागिता रहेको आयोजक हाम्रो स्टार यूवा क्लव थलहीको अध्यक्ष मो.सहिमले जानकारी दिएका छन्।
अध्यक्ष सहिमको अनुसार प्रतियोगितामा शम्भुनाथ, चनौरा, राजविराज,अर्नाहा,बरमिझिया,फत्तेपुर र हाम्रो स्टार क्लव गरी जम्मा ८ वटा टिमको सहभागीता रहेको बताए ।
सोमवार देखि सुरु भएको वडा अध्यक्ष फुटबल प्रतियोगिता मंसिर २९ गते सम्म संचालन हुने विष्णुपुर गाउँपालिका वडा नम्वर १ का वडाअध्यक्ष यादवले जानकारी दिए। प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु ५१ हजार रुपैयाँ कप, मेडल, प्रमाण पत्र त्यस्तै द्धितीय स्थान प्राप्त गर्ने टिमलाई रु ३१ हजार रुपैयाँ कप, मेडल, प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
आयोजित प्रतियोगिताको उद्घाटन समारोहमा विष्णुपुर गाउँपालिका वडा नम्वर २ का वडा अध्यक्ष भोगेन्द्र प्रसाद यादव,वडा ३ का वडा अध्यक्ष राजेन्द्र सदा, वडा नम्वर ४ का वडा अध्यक्ष श्रीचन साह,वडा नम्वर ५ का वडा अध्यक्ष जीवछ मण्डल,वडा नम्वर ७ का वडा अध्यक्ष लोचन साह लगायतका व्यक्तिहरुले विचार व्यक्त गरेका थिए । विष्णुपुर गाउँपालिकाको सहयोगमा आयोजित प्रतियोगितामा अमिन विकु यादव ,प्रेस सेन्टर नेपाल सप्तरीका अध्यक्ष विन्दु कुमार यादव लगायतका व्यक्तिहरुको सहभागीता रहेको थियो ।
उक्त प्रतियोगितामा सुनसरी र सप्तरीको शम्भुनाथ विच सम्पन्न खेलमा शम्भुनाथले ३ गोल हानेर जीत हासिल गरेका थिए ।

प्रकाशित मिति: २०२५-१२-०८ , समय : २३:२२:४८ , 24 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्