लघुवित्त संस्थाहरूले आतंक मच्चाएको आरोप लगाउँदै खारेजीको माग

मिति: २०२५-१२-१४ , समय : ०८:२२:१३ , गामघर डेस्क

तस्बिर : देबराम यादव / गामघर टिभि

गामघर डेस्क

सप्तरी ।
सप्तरीको महुली बजारमा लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीले पत्रकार सम्मेलनमा लघुवित्त संस्थाहरूले आतंक मच्चाएको आरोप लगाउँदै खारेजीको माग गरेको छ ।
पत्रकार सम्मेलनमा संघर्ष समितिका सदस्य सिलम यादवले रुपनीस्थित ज्योति विकास बैंक शाखाले सेवा शुल्क तथा बीमाको नाममा रकम कटौती गर्दै व्यापक वित्तीय शोषण गरेको आरोप लगाउनु भयो । उहाँका अनुसार बैंकहरूले कर्जाग्राहीहरूलाई अनावश्यक आर्थिक बोझ थोपारेर लुटतन्त्र मच्चाइरहेका आरोप लगाउनु भयो ।
यस्तै संघर्ष समितिका केन्द्रीय प्रशिक्षण विभागका युवराज रसाइलीले समूहको नाममा लघुवित्त तथा बैंकहरूले ऋणीहरूलाई अनावश्यक दुःख दिने गरेको आरोप लगाउनु भयो । उहाँले ऋणी मात्र होइन, साक्षीसम्मलाई समेत कालोसूचीमा राख्ने कार्य आपत्तिजनक रहेको बताउनु भयो ।
उहाँले समितिले गरिबी न्यूनीकरणका लागि स्थापना गरिएका लघुवित्त संस्थाहरूले उल्टै गरिबलाई सुकुम्बासी बनाउँदै पैसाको व्यापारमा केन्द्रित भएको आरोप लगाउनु भयो । यस्ता संस्थाहरूले सामाजिक उद्देश्यभन्दा नाफालाई प्राथमिकता दिँदा आम नागरिक शोषणमा परेको संघर्ष समितिका केन्द्रीय प्रशिक्षण विभागका रसाइलीले बताउनु भयो ।संघर्ष समितिले वित्तीय शोषण तत्काल रोक्न, पीडितलाई राहत दिन र लघुवित्त संस्थाहरूको गतिविधिमाथि कडा निगरानी गर्न सरकारसँग माग गरेको जनाएको छ ।

प्रकाशित मिति: २०२५-१२-१४ , समय : ०८:२२:१३ , 16 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित