सप्तरीमा ध्यान दिवसमा ध्यान तथा प्रवचन कार्यक्रम
मिति: २०२५-१२-२१ , समय : २०:२६:२१ , गामघर डेस्क
मिति: २०२५-१२-२१ , समय : २०:२६:२१ , गामघर डेस्क
तस्बिर : देबराम यादव / गामघर टिभि
गामघर डेस्क
राजविराज ।
विदेह फाउण्डेशनद्वारा द्वितीय विश्व ध्यान दिवसको अवसरमा राजविराजमा आइतबार ध्यान तथा प्रवचन कार्यक्रम आयोजना गरेको छ । नेपाल पत्रकार महासंघ सप्तरीको समन्वयमा महासंघको सभाहलमा ध्यान तथा प्रवचन कार्यक्रम आयोजना गरिएको हो ।
उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथि विश्व ख्याति प्राप्त आचार्य श्री सत्येन्द्र कुमार जीले मानव जीवनमा ध्यानको अपरिहार्य रहेको बताउनुभयो । ध्यानको महत्त्व र आवश्यकता विषयमा प्रवचन दिनु हुदै उहाँले विभिन्न रोग र तनावबाट मुक्ति पाउन अध्यात्मिक ज्ञान र ध्यानको आवश्यकतामा जोड दिनु भएको थियो ।
उक्त कार्यक्रममा आयोजक विदेह फाउण्डेशनका संस्थापक एवम् राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मिहिर ठाकुर,बिघटित प्रतिनिधिसभा सदस्य रन्जु ठाकुर, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देव लगायतका सहभागीहरुले ध्यान र ज्ञान पाएकोमा खुशी व्यक्त गर्नु हुर्दै अध्यात्मिक ज्ञान दिएर सकारात्मक दिशामा अगाडि बढाउन कार्यक्रमले टेवा पुगेको बताउनुभयो ।
उहाँहरुले ध्यान तथा प्रवचन स्वास्थ्यको दृष्टिकोणले पनि अतिमहत्वपूर्ण भएकोले यसको निरन्तरतामा जोड दिनुभयो ।
प्रकाशित मिति: २०२५-१२-२१ , समय : २०:२६:२१ , 4 hours अगाडि