सप्तरीको सप्तकोशी नगरपालिकामा नन्दमाया स्मृति छैठौं ओद्राहा कप फुटबल प्रतियोगिता सुरु

मिति: २०२५-१२-२८ , समय : २१:५२:४८ , गामघर डेस्क

तस्बिर : गामघर टिभि

गामघर डेस्क

राजविराज।
सप्तरीको सप्तकोशी नगरपालिका–८ ओद्राहामा आईतवारदेखि नन्दमाया स्मृति छैठौं ओद्राहा कप फुटबल प्रतियोगिता २०८२ औपचारिक रूपमा सुरु भएको छ। प्रतियोगिताको आयोजना प्रोग्रेसिभ युवा क्लब ओद्राहाले गरेको हो।
प्रतियोगिताको उद्घाटन कार्यक्रम प्रोग्रेसिभ युवा क्लब ओद्राहाका अध्यक्ष नवनित चौधरीको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा सप्तकोशी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद ढकाल प्रमुख अतिथि रहनु भएको थियो। साथै वडाध्यक्ष केदारप्रसाद साह, समाजसेवी रविन्द्र चौधरीलगायत स्थानीय जनप्रतिनिधि, खेलप्रेमी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रतियोगितामा विभिन्न स्थानका ८ वटा टिम सहभागी रहेका छन्। प्रतियोगिता २०८२ साल पौष १३ गतेदेखि पौष २१ गतेसम्म सञ्चालन हुनेछ।
प्रतियोगिताको उद्घाटन खेलमा न्यु त्रियुगा स्पोर्टस क्लब फत्तेपुर र श्री मुसहर्निया सामुदायिक युवा क्लब मुसहर्निया, खडक नगरपालिकाबीच प्रतिस्पर्धा भएको थियो। निकै प्रतिस्पर्धात्मक बनेको खेलमा निर्धारित समयमा दुवै टिमबाट १÷१ गोल भएको थियो। त्यसपछि खेलाइएको प्लान्टिबाट गोल गर्दै न्यु त्रियुगा स्पोर्टस क्लब फत्तेपुर विजयी बन्न सफल भयो।
उक्त खेलमा उत्कृष्ट प्रदर्शन गर्दै न्यु त्रियुगा स्पोर्टस क्लब फत्तेपुरका गोलकिपर संदिप भट्टराईलाई ‘म्यान अफ दि म्याच’ घोषित गरिएको आयोजकले जनाएको छ।
स्थानीय स्तरमा फुटबल खेलको विकास, युवा प्रतिभा पहिचान तथा खेलकुद संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ।

प्रकाशित मिति: २०२५-१२-२८ , समय : २१:५२:४८ , 4 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित