सुनसरीमा गोली लागेर एक जनाको मृत्यु : घटनाबारे छानबिन सुरु
मिति: २०२६-०१-०१ , समय : १०:५५:१८ , गामघर डेस्क
मिति: २०२६-०१-०१ , समय : १०:५५:१८ , गामघर डेस्क
तस्बिर : जासुस खबरबाट
गामघर डेस्क
सुनसरी । कोशी प्रदेशको सुनसरीमा गोली लागेर एक जनाको मृत्यु भएको छ । बुधबार राति करिब १ बजे सशस्त्र प्रहरी बेस क्याम्प बीओपी लौकही नजिकैको पुरी टोलमा गोली लागेर कोशी गाउँपालिका-१ निवासी ४५ वर्षीय विजय साहको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्रबहादुर खड्काका अनुसार राति करिब १ बजेतिर अपरिचित व्यक्तिले चलाएको गोली लागेर साहको ज्यान गएको हो । घटनास्थलबाट गोलीको खोका फेला परेको र घटनाबारे विस्तृत अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

तर, घटनाबारे स्थानीयवासी तथा पीडित परिवारले फरक दाबी गरेका छन् । उनीहरूका अनुसार सशस्त्र प्रहरीले चलाएको गोली लागेर विजय साहको मृत्यु भएको हो । पीडित परिवारले सशस्त्र प्रहरीले ५०० रुपैयाँ मागेको र नदिएको भन्दै गोली चलाएको आरोप लगाएका छन् ।
घटनापछि स्थानीय क्षेत्रमा तनाव उत्पन्न भएको छ भने मृतकका आफन्तले निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेका छन् । सुरक्षाका लागि घटनास्थलमा अतिरिक्त प्रहरी परिचालन गरिएको जनाइएको छ ।
यता प्रहरी प्रशासनले घटनाका सबै पक्षको अनुसन्धान भइरहेको र पोस्टमार्टम रिपोर्ट तथा प्रमाणका आधारमा सत्यतथ्य सार्वजनिक गरिने जनाएको छ । सशस्त्र प्रहरीको संलग्नताबारे उठेका आरोपसमेत अनुसन्धानको दायरामा रहेको प्रहरीको भनाइ छ ।
प्रकाशित मिति: २०२६-०१-०१ , समय : १०:५५:१८ , 2 weeks अगाडि